नेकपाको विवाद समाधान कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन


लेखापढी      ६ भाद्र २०७७, शनिबार १९:३५

नेकपाको विवाद समाधान कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

काठमाडौँ — सत्तारुढ नेकपाभित्र जारी विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो प्रतिवेदन बुझाएको हाे ।
 
महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
 

कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।