कांग्रेसको प्रश्‍न सरकारलाई : खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?


लेखापढी      ६ भाद्र २०७७, शनिबार १५:३९

कांग्रेसको प्रश्‍न सरकारलाई : खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

काठमाडौं- प्रमुख विपक्षी  दल नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाउँदै विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न कांग्रेसले सरकारको ध्यनाकर्षण गराएको छ ।

सरकारले चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको कांग्रेसले आरोप लगाएको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको बताएका हुन् । 

गत असार १ गते सर्वोच्च अदालतले समेत वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ आदेश जारी गरेको भन्दै सरकारी खर्चमै उद्धार गर्न माग गरेको हो ।

वैदेशिक रोजगारीमा गएका र अप्ठ्यारोमा परेकालाई नेपालीलाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?’

प्रेश विज्ञप्ति