मुसीकाे विहे (बाल कथा) । बालबालिकालाई पढन दिनुहाेस र लेख्न प्रेरित गर्नुहाेस


लेखापढी      ६ भाद्र २०७७, शनिबार १०:१७

मुसीकाे विहे (बाल कथा) । बालबालिकालाई  पढन दिनुहाेस र लेख्न प्रेरित गर्नुहाेस

गंगा नदीकाे किनारमा एकजना तपस्वीकाे आश्रम थियाे । त्यहाँ याज्ञवल्क्य नाम गरेका ऋषिमूनि बस्दथे । ऋषिमूनी एकदिन नदिकाे किनारमा हत्केलामा पानि लिएर मुख धुँदै थिए । त्यही समय एउटा मुसा उनकाे हातमा झर्याे । त्याे मुसालाई आकाशमा एउटा बाँजले बाेकेर हिडिरहेकाे थियाे ।  त्यस बाँजकाे पञ्जाबाट फुत्किएकाे थियाे त्याे मुसा उनकाे हातमा खसेकाे थियाे । 

ऋषिमुनिले त्यस मुसालाई पीपलकाे पातमा राखे र उनले नदीमा नुहाए । त्याे मुसा अझै जिउँदै थियाे । ती ऋषिमुनीले त्यस मुसालाई एउटा सुन्दर केटीकाे रूपमा रूपान्तरण गरिदिए र त्यसलाई आफ्नाे आश्रममा ल्याए ।

Mouse Lady - Disney Girls Collab by KanuTGL on deviantART | Disney ladies,  Disney girls, The great mouse detective ऋषिमुनीले आफ्नी पत्नीलाई ती कन्या दिदै भने “यसलाई आफ्नै छाेरीकाे जसरी पाल्नु ।” ती ऋषिमुनीका कुनै शन्तान थिएनन् त्यसैले ती दम्पत्तिले त्यस कन्यालाई बडाे प्रेमका साथ १८ वर्षसम्म पाले ।

जब ती कन्या विवाह याेग्य भइन अनि ऋषिपत्निले ऋषिलाई भने “हे पति पर्मेश्वर अब हाम्री छाेरी विवाह याेग्य भइन अब यीनकाे विवाहकाे प्रबन्ध गरिदिनुहाेस ।”

Traditional Marriage or Marriage Based on Love? - Sada El balad

ऋषिमुनीले भने “मैले विवाह गर्नका लागि सूर्य देवतालाई बाेलाएकाे छु यदी यीनलाई उनी मन पर्छन भने विवाह गरिदिउँला हाेइन भने जब यीनकाे विवाह गर्ने मन हुन्छ तब विवाह गरिदिउँला ।”

Overview | Sun – NASA Solar System Explorationसूर्य देवता आउनुभयाे । ऋषिमुनीले आफ्नी छाेरीलाई साेधे “छाेरी याे ब्रह्माण्डमा प्रकाश दिने सूर्य देवतालाई आफ्नाे पति स्विकार गर्दछाैं ।” 

ऋषिकी छाेरीले भनिन “बुवा यी त आगाे जस्तै ताताे छन् मलाई याे स्वीकार छैन बरू मलाई अन्य कुनै बर खाेजिदिनुहाेस ।” 

ऋषिमूनीले सूर्य देवतालाई साेधे “हे सूर्य देवता तपाई भन्दा अरू कुनै याेग्य बर छन भने भन ।” सूर्य देवताले भने “म भन्दा त बादल राम्राे बर हुन सक्छन् जाे मलाई पनि छाेप्न सक्दछन् ।” ऋषि मुनीले आफ्नी छाेरीलाई बाेलाएर भने के तिमिलाई बादल बर मन पर्छन त ?

छाेरीले भनिन “बुवा बादल असाध्यै कालाे हुन्छ यी भन्दा पनि राम्रा कुनै बर छन् भने बाेलाउनुहाेस । “

ऋषिमूनीले बादललाई बाेलाएर साेधे “बादल तीमी भन्दा पनि राम्राे बर मेराे छाेरीका लागि कुन हुन सक्छ ।”  बादलले भन्याे म भन्दा राम्राे बर त हावा हुन सक्दछ मलाई पनि जाहाँ चाह्याे उडाएर लान सक्दछ । 

Zophia Wind Farm - NBT

ऋषिमुनीले हावालाई बाेलाए र आफ्नी छाेरीसँग स्वीकृतिका लागि साेधे छाेरीले भनिन “हावा त एकदमै चञ्चल हुन्छ बरू याे भन्दा राम्राे बर खाेज्नुहाेस ।”

ऋषिमुनीले हावालाई बाेलाएर साेधे “हे हावा तिमि भन्दा पनि राम्राे बर कुन हुन सक्छ मेराे छाेरीका लागि ?”

हावाले भन्याे म भन्दा राम्राे त पर्वत छन् जुन जस्ताे सुकै आँधीहुरीमा पनि स्थिर हुन सक्दछन् 

ऋषिमुनीले पर्वत बरका बारेमा छाेरीसँग स्वीकृति लिँदा छाेरीले पर्वत त बढा कठाेर र गम्भिर हुन्छन् अरू कुनै बर खाेज्न आग्रह गरिन । 

चित्र:बडिमालिका मन्दिर अवस्थीत पहाड.JPG - विकिपिडिया

ऋषिमुनीले पर्वतलाई पनि बाेलाएर तीमी भन्दा राम्राे बर काे हुन सक्छ भनेर साेधे । 

पर्वतले म भन्दा राम्राे बर त मुषकराज हुन सक्छ भने जसले मलाई समेत छियाँ छियाँ बनाउन सक्छ । मलाई समेत ताेडेर आफ्नाे घर बनाउन सक्छ । 

मुषकराज hashtag on Twitter

तब ऋषिमुनीले मुषकराजलाई पनि बाेलाए र आफ्नी छाेरीलाई पनि बाेलाए । उनले आफ्नी छाेरीलाई मुषकराजसँग विवाह गर्न प्रस्ताव गरे । 

ऋषिमुनीकी छाेरीले मुषकराजलाई ध्यान पुर्वक हेरिन । उनलाई मुषकराज आफ्नाे भएकाे आभाष गरिन र पहिलाे नजरमा नै प्रेम बस्याे । 

ऋषिमूनीकी छाेरीले आफूलाई पनि मुषिका बनाएर मुषकराजसँग विवाह गर्न आग्रह गरिन । 

ऋषिमुनीले आफ्नाे ज्ञान तपस्याका प्रभावले पुनः मुषिका बनाइदिए र मुषकराजका साथमा विहे गरेर पठाइदिए । 

Wedding Knitted Rats Couple-Bride and Groom-Home Decoration-Mohair Rat/Mouse/Animal-Cake  Topper-Romantic Gift-Soft Toy/Plush-Art Doll-UK | Knitted, Wedding event  planning, Animal cake topper

अनुवाद तथा सम्पादनः लेखापढी