उपत्यकामा २१६ जना सहित ६३४ नयाँ काेराेना सङ्क्रमित थपिए, कोभिड-१९ बाट थप ८ जनाको मृत्यु


लेखापढी      ६ भाद्र २०७७, शनिबार १७:११

उपत्यकामा २१६ जना सहित ६३४ नयाँ काेराेना सङ्क्रमित थपिए, कोभिड-१९ बाट थप ८ जनाको मृत्यु

काठमाडौं । विगत २४ घण्टामा  उपत्यकामा २१६ जना सहित देशभर ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ।