एसईई (SEE) नतिजा र कलिला विद्यार्थीमा पर्न गएको मनोवैज्ञानिक असर


लेखापढी      ४ भाद्र २०७७, बिहीबार १६:०७

एसईई (SEE) नतिजा र कलिला विद्यार्थीमा पर्न गएको मनोवैज्ञानिक असर

यही भदौ २ गते सोमबार यस वर्षको कक्षा १० (एसईई) परिक्षाको नतिजा प्रकाशित भयो । अघिल्ला वर्षहरुमा जस्तो उत्साहपुर्वक तवरमा यसपटककाे नतिजा हेरिएन । विगत केही वर्ष यता एसएलसी अर्थात एसईईको महत्व आफैमा घट्दै गइरहेको अनुभुति आम मानिसहरुले गरिरहेका छन तर यसलाई बुझ्ने र विश्लेषण गर्ने तरिका आ-आफ्नै रहेको पाइन्छ । मेरो विचारमा हाम्रो देशमा पनि दक्ष जनशक्ति उत्पादनको दायरा बढेको हो  यानेकी एसईईको महत्व घटेको भन्न मिल्दैन  र मिल्ने देखिँदैन। 

वर्षभरी कडा अध्ययन गरि स्वच्छ प्रतिस्पर्धा मार्फत सफलता हात पार्न नपाएका लाखौ विद्यार्थीहरुको समेत हामीले मनोभाव बुझ्नुपर्दछ । अहिलेको एसईई प्रतिस्पर्धाबिहिन हुँदा लाखौ विद्यार्थीलाइ केहि असर पक्कै परेको छ तर यहि बिषयलाई सस्तो अर्थबिहिन तरिकाले अनेक नकारात्मक भाषा प्रयोग गर्दा कलिला विद्यार्थीले आर्जन गरेको महत्त्वपूर्ण ज्ञान, शिक्षा व्यर्थ भएको नठानियोस ।

नेपाल सरकारले गत वर्षहरु जस्तै यो वर्ष पनि निकै तामझामका साथ २०७६ चैत ६ गतेबाट देशैभर १ हजार ९ सय ९५ परिक्षा केन्द्र तोकेर एसईई परिक्षा संचालन गर्ने तालिका तयार गरेको थियो । परिक्षाका लागि आवश्यक प्रश्नपत्र तथा उत्तरपुस्तिका सबै परिक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा सुरक्षितसाथ ढुवानिसम्म गरिसकेको थियो । सरकार र एसईई परिक्षा बोर्डले परिक्षा संचालनको लागि तयारि अन्तिम अवस्थामा पुर्याएकाले १० कक्षामा अध्ययनरत कलिला युवा भाईबहिनी परिक्षा दिन निकै उत्साहित बनिरहेका थिए । यो वर्ष अधिराज्यभरिबाट ४ लाख ८२ हजार २१९ जना विद्यार्थी भाईबहिनीले एसईई परिक्षाको फारम भरेका थिए । 

तर दुर्भाग्य नै भनौ वा भवितब्य !! विश्वभर कोरोना महामारी फैलियो र नेपालपनि यस महामारीबाट अछुत रहेन, तसर्थ नेपाल सरकारले २०७६ चैत्र-५ गते राति एसईई परिक्षा स्थगित गर्ने निर्णय गर्‍यो । केही महिना बित्दा पनि महामारी बढ्दै गएको र परीक्षा सञ्चालन गर्न सम्भव नै नभएको भन्दै २०७७ जेठ २८ गते बसेको मन्त्री परिषद्को बैठकले एसईई परीक्षा नै रद्द गर्ने निर्णय गर्याे । 

एसईईको नतिजा विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन गर्ने तर परिक्षाफल प्रकाशन नगर्दासम्म अत्यन्तै गोप्य राख्नुपर्ने ‘एसईई परिक्षाफल प्रकाशित कार्यविधि २०७७’ तयार गरियो ।

यसरी कोरोना महामारीको उच्च जोखिमका कारण रोकिन पुगेको एसईईको नतिजा विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन गर्ने तर परिक्षाफल प्रकाशन नगर्दासम्म अत्यन्तै गोप्य राख्नुपर्ने ‘एसईई परिक्षाफल प्रकाशित कार्यविधि २०७७’ तयार गरियो । जसअनुसार भदौ २ गते सोमबार एसईईको अन्तिम नतिजा सार्वजनिक गरियाे ।  

अधिराज्यभरीबाट सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थीले एसईई परिक्षाको फारम भरेका थिए भने जम्मा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ । बाँकी सबै अनुत्तीर्ण भएका छन् । 

यता एसईईको नतिजा प्रकाशित भएकै दिन देखि सामाजिक संजालमा विभिन्न तह र तप्काका मानिसहरुले यस वर्ष एसईई उतिर्ण भएका भाईबहिनीहरुलाई शुभकामना दिने नाममा अनेकौ तौरतरिकाका स्टाटसहरु हालेर उनिहरुलाई निरुत्साहित गरेको देख्दा यो पंत्तिकार अचम्ममा परेर यति कुरा लेख्नै पर्ने ठानी सुरु गरेको छु ।

यो वर्ष झण्डै पौने ५ लाखको संख्यामा एसईई दिने कलिला नानि बाबुहरु कति वर्ष उमेर समुहका होलान् ? हचुवामा सामाजिक संजालभरि नचाहिने नकारात्मक फेसबुक स्टाटस लेख्ने महानुभावहरुलाई मेरो प्रश्न छ ? हो उनिहरु १४ देखि १६ वर्षका छन तथ्यांकले यही देखाउछ । 

हाल यो उमेर समुहका बालबालिकालाई सार्वजनिक रुपमा तपाई हामीले दिएका यस्ता गलत स्टाटस वा अभिव्यक्तिले कस्तो खालको मनोबैज्ञानिक असर पर्ला भनि हामीले किन सोच्न   सक्दैनौ ?

मेरो प्रश्न छ ?
हाल यो उमेर समुहका बालबालिकालाई सार्वजनिक रुपमा तपाई हामीले दिएका यस्ता गलत स्टाटस वा अभिव्यक्तिले कस्तो खालको मनोबैज्ञानिक असर पर्ला भनि हामीले किन सोच्न सक्दैनौ ?

पौने ५ लाख मध्ये केही विद्यार्थी होलान कोरोना महामारिको यो भुमरिमा परेर एसईई पास गर्ने भाग्यमानि तर सबै विद्यार्थी यस्तो लहडमै पास हुने त थिएनन् नि ! किन सबैलाई एउटै टोकरीमा राखेर यति हल्का फुल्का टिकाटिप्पणी तथा अभिव्यक्ति दिन उद्धत हुन्छौ हामी ? यो निकै गम्भिर प्रश्न हो ।

हाल सामाजिक सञ्जालमा एसईई उतिर्ण भाईबहिनीहरुलाई ब्यंग्यात्मक शैलीमा निकै हतोत्साहि बनाउने खालका अभिव्यक्ति वा स्टाटस लेख्नेमा यो देशको शिक्षा क्षेत्रलाई राम्रोसँग बुझेका केहि शिक्षाविज्ञ भनिनेहरु पनि छन् । कोरोना महामारीका कारण स्थगित हुन पुगेको परिक्षा, त्यसमाथि सरकारले विज्ञ समुह र सम्बन्धित निकायका गन्यमान्य व्यक्तिहरू राखी, गहन अध्ययन र बिस्तृत छलफल गरी लामो समय लगाएर यि कलिला नानिबाबुहरुको भविश्यमा कुनै असर नपरोस भनि गरेको भर पर्दो सरकारी निर्णयसम्मलाई धज्जी उडाउँदै सार्वजनिक स्थलमा यस्ता तुच्छ टिका टिप्पणी र स्टाटस लेख्नेहरुलाई सरकारले पनि कारवाहिकाे दायरामा ल्याओस भन्ने मेराे विचार छ । 

अधिराज्यभरीबाट सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थीले एसईई परिक्षाको फारम भरेका थिए भने जम्मा ४ लाख ७२ हजार ७८ जना  विद्यार्थीको परीक्षाफल प्रकाशित  भएको छ । बाँकी  सबै अनुत्तींण भएका छन् । 

अन्यथा, आज वा यो वर्ष एसईई पास गर्ने मध्ये करिब १० प्रतिशत विद्यार्थी भाईबहिनी अबको १०/१५ वर्ष पछि देशको मुख्य जिम्मेवार युबापंत्तिमा उभिएर राज्य सञ्चालनमा हातेमालो पक्कै गर्नेछन । यस्तो युवाशक्तिलाई तपाँई-हामीले राम्रोसँग फल्न-फुल्न नदिई आजकै दिनमा यिनका कलिला मुना निमोठ्ने काम गरिरहेका छौं, यो कति उचित होला ? छातिमा हात राखेर आफै सोच्ने गरौं । 

यसकाे उदाहरण, मेरो एकजना अत्यन्तै मिल्ने साथिको भतिजा जसले ३.९८ जिपीए ल्याएर एसईई उतिर्ण गरेका छन् । उनि आफ्नो कक्षा कै सर्वश्रेष्ठ विद्यार्थी हुन । उनले म सँग यस्तो गुनासो पोखे की, अंकल म मज्जाले परिक्षा दिन पाएको भए यो भन्दा राम्रो प्रतिशत अंक ल्याउथे तर यो भन्दा कमि त हुँदै हुन्थेन तर दुर्भाग्यवस यस्तो कोरोनाको बेला एसईई पास गर्यो भनि सबै तिर कस्तो तुच्छ टिप्पणी गरेको देख्दा आफुलाई कुनै गर्व पनि लागेको छैन । उनले यसो भन्दा म निकै सोच्न बाध्य भए ।

के देशभर रहेका कलिला विद्यार्थीहरु सबै उत्कृस्ट होइनन त ? अहिले कोरोना महामारीले गर्दा बिना परिक्षा आन्तरिक मुल्याङ्कनको आधारमा उत्तीर्ण हुनुलाई भाग्यमानी ठान्नु वा परिक्षा बिना पास भएको भनि सामान्य तरिकाले हेरिनु न्यायोचित पक्कै होइन ।  उनि त एक प्रतिनिधी पात्र हुन ।

तपाँई हाम्रा गैरजिम्मेवार अभिव्यक्ति र फेसबुक स्टाटसले देशैभर रहेका हजारौ-लाखौं बालमनोविज्ञानलाई यस्तै नकारात्मक असरले गाँजीरहेको छ। साँच्चीकै हामीले हाम्रो समाज र देशलाई कुन दिशा तर्फ मोड्दै छौं । आजका यि कलिला भाईबहिनीहरुलाई यस्तो खालको मानसिक दबाब सिर्जना गरेर हामी कस्तो समाज र देश निर्माणमा जुटिरहेका छौ ? यस्ता कयौं प्रश्न मेरो देश र समाजमा आजका दिनमा पुरै अनुत्तरित छन। 

वर्षभरी कडा अध्ययन गरि स्वच्छ प्रतिस्पर्धा मार्फत सफलता हात पार्न नपाएका लाखौ विद्यार्थीहरुको समेत हामीले मनोभावना बुझ्नुपर्दछ । अहिलेको एसईई प्रतिस्पर्धाविहिन हुँदा लाखौ विद्यार्थीलाइ असर पक्कै परेको छ तर यहि बिषयलाई सस्तो अर्थहिन तरिकाले अनेक नकारात्मक भाषा प्रयोग गर्दा कलिला विद्यार्थीले आर्जन गरेको महत्त्वपूर्ण ज्ञान, शिक्षा व्यर्थ भएको नठानियोस । 

अहिले कोरोना महामारीले गर्दा बिना परिक्षा आन्तरिक मुल्याङ्कनको आधारमा उत्तीर्ण हुनुलाई भाग्यमानी ठान्नु वा परिक्षा बिना पास भएको भनि सामान्य तरिकाले हेरिनु न्यायोचित पक्कै  होइन ।  

ति भतिज सहित यो वर्ष एसईई परिक्षा पास गर्ने सम्पुर्ण भाईबहिनीहरुलाई मेरो हृर्दय देखिनै लाखौं लाख शुभकामना छ । कलिलो मानसपटलमा अरुले भनेका नराम्रा कुराले छिट्टै स्थान बनाउछ, मैले यो कुरा बुझ्छु, तिमीहरुजस्ता कलिला भाईबहिनीहरुको मनोविज्ञान र भावना नबुझि बोल्ने र टिप्पणी गर्ने यो समाजलाई छिट्टै सतबुद्धि मिलोस !  छिटो भन्दा छिटो यो कोरोना महामारी शान्त होस र तिमी र तिमीजस्ता लाखौं भाईबहिनीहरुलाई बाँकी भबिष्य निर्माणार्थ कक्षा ११ मा भर्ना हुने मौका मिलोस, सुन्दर भविस्यको खोजीमा सधै अगाडी लम्किरहनु नराम्रो कुरालाई पछाडी फर्की कहिले नहेर्नु ! पुन: यो वर्ष एसईई पास गर्ने सम्पुर्ण साढे ४ लाख नानिबाबुहरुमा हार्दिक बधाई तथा उज्जवल भविस्यको शुभकाना व्यक्त गर्दछु !!

यो वर्ष एसईई पास गर्ने सम्पुर्ण साढे ४ लाख नानिबाबुहरुमा हार्दिक बधाई तथा उज्जवल भविस्यको शुभकाना व्यक्त गर्दछु !!

बिबेक चन्द ठकुरी 
मध्यपश्चिम नेपाल 
(पंतिकार एक स्वतन्त्र र समसामयिक विषयहरुका ससक्त  विश्लेषक हुनुका साथै लेखापढी मिडियाका नियमित लेखक समेत हुन ।)
“लेखापढी मिडिया हार्दिक आभार ब्यक्त गर्दछौ ।”
https://lekhapadhee.com/2020/07/12/cyber-knowledge/


हजुरहरुका स्वतन्त्र विश्लेषण, लेख-रचना हामीलाई ईमेल गर्न सक्नुहुनेछ।
इमेल: lekhapadhee@gmail.com


डा. दलिप कुमार मल्ल: बहुप्रतिभाशाली व्यक्तित्त्वका धनी

साइबर अपराध वा सामाजिक सञ्जालको दुरुपयोग

कोरोना संक्रमण मुक्त हुदा पनि सामाजिक ब्यबहारमा भेदभाव किन ?