तीजको धार्मिक रौनकतासँगै हराउदै गएको मौलिकता !!!


लेखापढी      ४ भाद्र २०७७, बिहीबार १४:१७

तीजको धार्मिक रौनकतासँगै हराउदै गएको मौलिकता !!!

तीतीज बिशेष गरि हिन्दु धर्मावलम्बी नारीहरूको एक महान चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखिदेखि पञ्चमीसम्म ४ दिन धुमधामसँग मनाइन्छ। तीजमा भगवान शिवको पुजा आराधना गरिनुका साथसाथै तीजका विभिन्न गीतहरूमा नाचगान गरेर मनोरञ्जन समेत गर्ने गरिन्छ। नारिहरूकाे भावनाहरू समेटेर विभिन्न तीजगीतहरू गाइन्छन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार:  राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने कुरा माता पार्वतीलाई मन परेन । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्नुभयो । माता पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह भएको थियो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। 

तीजकाे अघिल्लो दिन दर खाने गरिन्छ । भोली पल्ट दिन भरि ब्रत बसेर शिव भगवानको मन्दिरमा गएर पुजा अर्चना गरिन्छ अनि बेलुका फेरी घरमा गएर धुप बत्ति बालि फूल भेटि फलफूल चढाउने र केहि चढाएका फलफूलहरू विवाहित महिला भए श्रीमानलाई खुवाउने र श्रीमानको गोडा धोएर पानी खाने धार्मिक चलन छ भने अविवाहित नारीहरु राम्रो श्रीमान पाउन वा मनले सोचेको पुरा होस भनि बर्त बसी पुजाआराधना गर्ने गर्दछन् | बिशेष गरि अविवाहित नारि भन्दा विवाहित नारिलाई याे पर्व महत्वपूर्ण हुने गर्दछ तर अविवाहिता नारीहरू पनि याे पर्वलाई उत्तिक महत्वका साथ मनाउने गर्दछन् । 

तीजको धार्मिक महत्त्व :
भगवान शिवकी अर्धाङ्गीनी माता पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस भनेर पहिलो व्रत राखेकि थिईन भन्ने विभिन्न धार्मिक ग्रन्थहरूमा लेखिएकाे छ । जुन दिन माता पार्वतीले बर्त वसिन त्याे दिन यहि हरितालिका तीजको दिन थियो त्यसै दिन आजसम्म सम्पूर्ण हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन्।

अर्को कथा हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने कुरा माता पार्वतीलाई मन परेन । आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी समेत नपिईकन निराहार व्रत बस्नुभयो ।
माता पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि माता पार्वतीकाे चिताउनुभए अनुसार शिवसँग पार्वतीको विवाह भएको थियो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेका हुन र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

केहि बर्ष अघिको तीज र अहिले को तीजमा भिन्नता:

आज भन्दा १०-१२ बर्ष अघि सम्म पनि तीज भनेको महिलाहरु निराहार बर्त बस्ने तथा माइती घर गइ आफ्ना पुराना साथीसंगीहरु संग बिबाह पश्चातका दु:ख, वेदनाहरु साट्ने र त्यही सुख र दु:ख मिश्रित तीज गित गाएर सँगै नाच्ने, रमाइलो गर्ने प्रचलन थियाे ।

आधुनिक बन्दै गएको नयाँ युवा पिढीमा तीजको मौलिकता हराएको देखिन्छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अहिले ५-१० दिन अघि देखि नै दर खाने गरेको देखिन्छ । तीजको दर खाने भन्दै आधुनिक रुपमा ठुला होटलहरुमा कार्यक्रम मनाउने गरेको देखिन्छ साथै अत्यधिक मध्यपान गरि भड्किलो, अपाच्य आधुनिक गित संगीतमा रमाइलो गर्ने प्रचलनले वास्तविक तीजको महत्त्व घट्दै गएको जस्तो आभास हुन्छ ।

हुन त तत्कालिन समय नै त्यस्तै थियो । सबै जना गाउँ घरमै रहने, अशिक्षा, पुरातन सोच अनि बिबाहित बुहारीलाई सासुले काममा लगाउने, सकी नसकी घास-दाउरा गर्नैपर्ने, काम गर्न नसके सासुको किचकिच, नराम्राे व्यवहार अनि कटु बचनहरू सुन्नु पर्ने समय थियो । उक्त समयमा अहिले जस्तो रोजगारी वा घरबाहिर गर्नु पर्ने काम थिएन । घर बाहिरकाे काम प्रायजसाे पुरूषहरूले गर्ने गर्दथे भने घर भित्रकाे काम मात्र पुरूषहरूले गर्ने गर्दथ्र । बाहिर गएर काम गर्न सक्ने सामाजिक परिबेश थिएन | आम्दानीको आय स्रोत भनेको कृषि मात्र हुन्थ्यो तसर्थ पनि महिलाहरु बढि भन्दा बढी धरधन्दामामा दलिनु पर्थ्यो । तत्कालिन समयमा अहिले जस्तो एकल परिवार भन्दा पनि सामुहिक ठुलो परिवार हुन्थ्यो र जसका कारण महिलाहरूलाई कामनकाे बाेझ समेत बढि हुन्थ्याे । 

त्यो समयमा माइती जानु भनेको खुल्ला आकासमा उड्नु जस्तै लाग्थ्यो ।अझ तीजको समय त बिसेष नै हुन्थ्यो ।  सामुहिक नाचगान, रमाइलो माहोलको छुट्टै वातावरण ।

हामीले देखेका-सुनेका छौ,  वर्षदिनको तीजमा माइती घर जाने महिलाहरूको लर्को हुन्थ्यो । पराइ घरबाट पाएको पिडा यातना हृदयभरि पोको पारेर माइतीघरमा पुगेर खोलिन्थ्यो । तर पनि सुनाउ भने घर बिग्रिन्छ कि भन्ने डर, पराइ र छिमेकीले कुरा काट्लानकी भन्ने डर हुन्थ्यो । आफ्नो दु:ख पोखे भने बा-आमालाई चिन्ता हुन्छ कि भन्ने डर हुने अनुभव त्यतिबेला महिलाहरू पाेख्दथे। माइतीबाट सधै छोरी तिमीलाई कस्तो छ भनेर सोध्दा नि घुटुक्क थुक निल्दै मधुर बोलीमा ठिकै छ आमा राम्रै छ, भन्न बाध्य हुने अग्रजहरुको सत्य कथा सुनेकै छौ ।

पिडा त छ नी आमा, प्रत्येक भातको गाँससँग तुच्छ शब्दको गोली निलेकी छु । मिठो निन्द्राको साथ सपना देख्ने समयमा आँखा भरि आँसुको धारा छुटाएकी छु ।
उनीहरु भन्ने गर्थे पिडा त छ नी आमा, प्रत्येक भातको गाँससँग तुच्छ शब्दको गोली निलेकी छु । मिठो निन्द्राको साथ सपना देख्ने समयमा आँखा भरि आँसुको धारा छुटाएकी छु । आमाको न्यानो हातहरूको माया रूपी स्पर्श पाएको ढाड्ले आज कति दुखाई खेपेकी छु । के थाहा हुन्छ र आमा सारा सपनाहरू आँसुमा मिलाएकी छु । अथाह खुसीहरू पिडामा पछारेकी छु भन्ने अनेकौ घटना हामीले देखेका छौ, सुनेका छौ ।

अहिले तीजमा धार्मिक गतिबिधि र आस्था त निरन्तर रहेको छ तर तीज मनाउने प्रचलनमा भिन्नता देखिएको छ । हो पक्कै पनि पहिले जस्ताे सासुले बुहारीलाई पिडा दिएको छैनन होलान । सामाजिक परिवेशमा बुहारीलाई दुःख दिने शासुलाई हेय दृष्ट्रि हेर्न थालियाे हाेला । मानिसहरूका पुरातनवादी साेचहरू, मूल्य मान्यताहरू परिस्कृत हुँदै गए हाेलान् । अहिले महिलाहरूले पराइ घरमा गइसकेपछि धेरै दु:ख भोग्नु नपरेको होला तर आधुनिक बन्दै गएको नयाँ युवा पिढीमा तीजको मौलिकता हराएको देखिन्छ । नयाँ युवा पिढीमा तीजकाे माैलिकता भन्दा पनि बढी रमझम, विलासीपनमा बढी ध्यान गएकाे देखिन्छ । 

तीजको अघिल्लो दिन दर खाने प्रचलन अहिले ५-१० दिन अघि देखि नै दर खाने गरेको देखिन्छ । तीजको दर खाने भन्दै आधुनिक रुपमा ठुला होटल, पार्टि प्यालेसहरुमा कार्यक्रम गर्ने गरेको देखिन्छ साथै अत्यधिक मद्यपान गरि भड्किलो, अपाच्य आधुनिक गित संगीतमा रमाइलो गर्ने प्रचलनले वास्तविक तीजको महत्त्व घट्दै गएको जस्तो आभास हुन्छ ।

केहि समययता तीज गितहरु अति नै छाडा अनि मर्म बिपरित बजारमा आउने गरेको देखिएको छ । तीज गीतको भाका त हुन्छ तर गीतको शब्दहरुमा हुनु पर्ने मौलिकता हराएको छ ।

समय संगै हाम्रो मैलिक रिति संस्कृति हराउदै गएको आभास हुन्छ । जुन कुरा हामीले जीवन्त राख्न सक्नुपर्दछ र भाबि पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न सक्नु नै हाम्रो कर्तव्य र धर्म हो । भड्किलाे तीजका नाममा देखावटी संस्कारलाई परिवर्तन गरि तीजकाे माैलिक मूल्य र मान्यतालाई ठेस नपुग्ने गरी तीज पर्वलाई अझ धार्मिक, सामाजिक र सांस्कृतक पर्वकाे रूपमा मनाउनु आजकाे आवश्यकता हाे । 

अन्त्यमा, यसपालिकाे तीज काेराेना भाइरसकाे संक्रमणका कारण महिला दिदीबहिनीहरूले घर/घरमा मनाइरहनु भएकाे छ हाेला । चाँडै काेराेना भाइरसकाे महामारिकाे अन्त्य हाेस भन्ने कामना सहित हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना !!!

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना !!!


रमिला मल्ल ठकुरी 
दोलखा, हाल- जापान 
(बिदेशमा रही नेपाली रिति-संस्कृति एबं परम्परा संग सम्बन्धित महत्त्वपुर्ण आलेखको लागि रमिला मल्ल ठकुरी ज्युलाई लेखापढी मिडिया हार्दिक आभार साथै तीजको शुभकामना ब्यक्त गर्दछौ ।)


हजुरहरुका अमुल्य लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुन्छ |
ईमेल : lekhapadhee@gmail.com