अंकुर चन्दको गजल


लेखापढी      ४ भाद्र २०७७, बिहीबार २०:०८

अंकुर चन्दको गजल

आज यो रातमा, चाँदनी छाएँन ।
बोकी उज्यालोले, आगनी छाएँन ।

खोजेको हु मैले, तिमीलाई रोजी,
तिमीमा म प्रति, राग नी छाएँन ।।

सम्झना आउँदा, हरपल साँझमा,
पिएको हो धेरै, मात नी छाएँन ।।

त्यो रूप आँचल, पैजनी धुन त्यो,
नसम्झेरै त यो, रात नी छाएँन ।।

ओइलिएर तल, झरिसके पछि,
फूल त छोडिदेऊ, पात नी छाएँन ।।


अंकुर चन्द
कञ्चनपुर