दर खाने दिन ! हरितालिका तिजको शुभकामना !!!


लेखापढी      ४ भाद्र २०७७, बिहीबार ०८:२९

दर खाने दिन ! हरितालिका तिजको  शुभकामना !!!

 

हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिजको पहिलो दिन दर खाने दिन भनेर सुरुवात गरिन्छ । सनातन हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने गर्दछन | यसै क्रममा आफ्नो माइतीघर गएर वा इस्टमित्र, साथी-संगीहरुसंग रमाइलो गर्दै  यो दिन बाट प्रारम्भ हुन्छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पति पाउन भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दुग्धजन्य मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासु बाहेक चोखो चिज खाएर भोलि पल्ट देखि निराहर व्रत बस्ने गर्दछन। दरमा खिर, ढकनि,घिउ, दही, दूध, मिठाइ, फलफूल साथै सेलरोटी खाने गरिन्छ । 
स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ । खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरू पनि तीज मनाउन थालेका छन् ।
बिशेसतह: तिजको एकदिन अघि दर खाने प्रचलन रहेतापनि अहिले करिब १५-२० दिन अगावै देखि दर खाने गरिएको छ |

यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यका लगायत अन्माय क्षेत्रहरुमा दर खाने दिनदेखि नै निषेधाज्ञा जारी गरिएकाले यस वर्ष तीजको रमझम र चहलपहल नहुने देखिन्छ |
समस्त नेपाली दिदीबहिनीहरुमा तिजको शुभकामना !!!