उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाकाे मृत्यु


लेखापढी      ३ भाद्र २०७७, बुधबार १६:४३

उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १५९ जना सहित ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको र ६८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,९३८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो  २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।