बैतडी जिल्लाकै सबैभन्दा विकट क्षेत्रको सिचाई योजना निर्माणमा तिब्रता: भोगोलिक जोखिम


लेखापढी      ३ भाद्र २०७७, बुधबार २३:५१

बैतडी जिल्लाकै सबैभन्दा विकट क्षेत्रको सिचाई योजना निर्माणमा तिब्रता: भोगोलिक जोखिम

बैतडी । बैतडी जिल्ला शिगास गाउपालिका वडा न-९ मा सबैभन्दा ठुलो सिचाइ योजना निर्माणाधिन छ। वडा न.-९, जुन आफैमा भौगोलिक रुपमा विकट छ। जहाको भगौलिक संरचना हेर्ने हो भने ठुल-ठुला भिर  पहाड, चट्टान र खोलानाला छ्न। सिचाईको कार्य गर्नका लागि यस ठाँउमा सार्है कठिन रहेको छ।

यी यावत कारणहरुका बाबजुद पनि त्यहाको बासिन्दाहरुको माग, आवश्यकता चाहना र सपनालाई उचित सम्बोधन गरेर जिल्ला सिचाइ डिभिजन कार्यालय, बैतडीले आर्थिक बर्ष २०७४/०७५ देखि  बहुबर्षीय योजनाको रूपमा काम शुरु गरेको छ । केन्द्र बाट न्यून बजेट बिनियोजित हुने गरेकोले चाडैं सम्पन्न गर्न अप्ठ्यारो भएको उपभोक्ताहरुको भनाइ रहेकोे  छ ।
उक्त क्षेत्रमा सिचैको लागि कुलो नभएको होइन,अर्थात त्यहाँ अघिल्ला पिढिहरुले सिचाईका लागि गाउमा सम्पुर्ण बासिन्दाहरु एकजुट भइ पारिश्रमिक नलिएरै नै रतनखोलीबाट खेतसम्म कुलो बनाई लगेर सिचाइ गर्थे तर समय बित्दै जादा अर्थात समयको परिवर्तनसंगै मानिसहरुले रतनखोलीको कुलोलाई प्रयोगमा ल्याउन छोडे र बिस्तारै यो कुलो जिर्ण हुँदै गएर खेत बाँझो हुदै गएका थिए। अहिले जताततै पानीका मुहान सुक्दै गए पछि सिचाईका तथा अन्यविभिन्न प्रयोजनक लागि पानीको आवश्यकतालाई महसुस गरेर  सिचाइ कुलोको काम अगाडी  बढिरहेको  छ। यो कार्य सम्पन्नताका लागि त्यहाँको जनसमुदायको ठुलो साथ सहयोग पुर्ण रुपमा समर्थन पाईरहेको भएतापनी सरकारी निकायहरू बाट प्राप्त हुने  बजेट को अभाव अझै देखिएको स्थानियअह्रुको जनागुनासो रहेको छ ।

 बिबिध समस्या कठिनाई र जोखिमहरु मोलेर भए पनि यो योजनाको जिम्मेवारी बोकेकाहरु एकाग्र भएर यो योजनालाई सफल पार्न तर्फ कसिएर लागेका छ्न। उक्त क्षेत्रमा काम गर्न प्राय: असम्भव र उच्च जोखिम छ । मान्छेहरूलाई हिंड्नको लागि राम्रो बाटोघाटो छैन साथै ढुंगा बालुवा गिट्टी जम्मा गर्न मसला बनाउन र आराम गर्न कार्य स्थलमा ठाँउ छैन। यसका साथै कार्यस्थलमा माथी पहाडको अग्लो ठाउबाट  चट्टान खसेर आउने पनि प्रबल सम्भावना छ। यति हुदाहुदै पनि जिम्मेवारि बोध गरेकाहरु आफुलाई यसै कार्यमा समर्पित गरेर लागि परेका छ्न।

पुर्बजहरु अर्थात अघिल्लो पुस्ताहरुले बनाएको कुलोलाई नै आधार मानेर यो सिचाइ योजनाको कार्य भइरहेको छ। यहाँ काम गर्दा वा मान्छेहरुले यताउती हिडडुल गर्दा एकदमै उच्च सतर्कता अपनाएर मात्रै गर्नुपर्ने बाध्यता छ। यदि कदमकदाचित मान्छेहरुले सावधानी अपनाउन सकेनन भने भिर बाट खसेर दुर्घटना हुने सम्भावना पनि उच्च छ। मान्छेहरुले कार्यस्थलमा हिडडुल गर्दा पनि चट्टानहरु र बिरुवाहरुको सहायता लिएर मात्र हिड्नुपर्छ किनभने भौगोलिक स्वरुप र बनावट एकदमै कठिन ठुला-ठुला पहाड र चट्टानले निर्माण भएको छ ।
निरक्षणको लागि प्रबिधिकहरु जान पनि एकदमै  जोखिम नै हुन्छ। किनभने उनिहरुले यो भन्दा पहिले यस्तो खालको अनुभव गरेको पनि हुदैनन । अनि चट्टान र बिरुवाहरुको सहायतामा हिड्न जानेको पनि हुदैनन, जहाँ उच्च सतर्कता अपनाउन सकेन भने दुर्घटना हुने प्रबल सम्भावना रहेको छ। यातायातको पहुँच नभएकै कारणले गर्दा आवश्यक सामग्रीहरु पनि कामदारहरु मार्फत नै मुख्य रोडबाट ढुवानी खर्च तिरेर झिकाइन्छ। यसो गर्दा योजना खर्चिलो पर्न गएको छ र स्थानियहरुलाई अरु कुराहरुमा पनि असहजता सिर्जाना भएको छ। अघिल्लो पुस्ताहरुले काठको सामग्रीको  साहयताबाट नै असम्भव भएको ठाँउमा अर्थात जमिन जहाँ पहिरो गएको छ वा चट्टान छ त्यहा पानी लैजान असहज भएको ठाँउमा काठको ढुङ्ग्रो प्रयोग गरेर पानि लागिएको थियो । ती मध्ये केही मात्रमा अझै देख्न सकिन्छ तर अहिले त्यस्ता सामग्रीहरुलाई बिस्थापित गरेर नयाँ र बैज्ञानिक तरिकाबाट पानी सहजै लैजान  सकिने गरि बनाएको पाइन्छ।
भौगोलिक रुपमा एकदमै कठिन भएतापनी जिम्मेवारी बोध गरेकाहरु त्यहाको जनताको आवश्यकता र मागलाई मध्यनजर गरेर जति सक्दो छिटो भन्दा छिटो  कार्यको सम्पन्न गर्ने तर्फ अग्रसर भएर लागेका छ्न। मान्छेहरुको त्याग समर्पण र योगदानले गर्दा आज एकदमै जोखिम भएको क्षेत्रमा पनि कुलोको कार्य  सम्पन्न गर्न सफल भएका छ्न।अधिकांश जोखिम क्षेत्रमा कार्य  सम्पन्न  हुदा  बाटो पनि बनेको र कुलो पनि बनेको  हुदा त्यहाँका बासिन्दाहरु एकदमै हर्षित र प्रफुल्लित भएका छ्न साथै बाकी काम चाडै बन्ने आसमा छ्न। बाकी तस्बिर आफै बोल्छ्न ।


तस्बिर सामग्रीका लागि खगेश चन्द प्रति हार्दिक आभार ब्यक्त गर्दछौ –लेखापढी मिडिया