निर्मला पन्त र गोंगबु हत्याकाण्ड: दोषी प्रहरी कि हाम्रो समाज ?


लेखापढी      २ भाद्र २०७७, मंगलवार ०४:०३

निर्मला पन्त र गोंगबु हत्याकाण्ड: दोषी प्रहरी कि हाम्रो समाज ?

हाम्रो समाजमा विभिन्न अपराधिक घटना घटिरहेका हुन्छन, जसमध्ये केहि दिन अघि मात्र गोङ्गबु, काठमाडौँमा बित्स हत्या काण्डको अपराधमा एक महिलाको मुख्य भुमिका देखियो।

सहज अनुसन्धान हुने वातावरण भयो र प्रहरी सकृय भएर तत्काल अपराधको अनुसन्धानबाट अपराधी सम्म पुग्न सक्यो। करिब दुइसय किमी टाढा चितवन पुगेको अपराधीलाई ७२ घण्टा भित्र नेपाल प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याउन सफल रह्यो | 

जनताले यसलाई जघन्य अपराधको रूपमा लिए साथै यसमा कुनै बाधा अड्चन आईपुगेन । सहज अनुसन्धान हुने वातावरण भयो र प्रहरी सकृय भएर तत्काल अपराधको अनुसन्धानबाट अपराधीसम्म पुग्न सक्यो । करिब दुइसय किलोमिटर टाढा चितवन पुगेको अपराधीलाई ७२ घण्टाभित्र नेपाल प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याउन सफल रह्यो । अपराधको अनुसन्धान गर्ने कार्य हामी जनताको होइन भन्ने कुरा विभिन्न सफलताले देखाईसकेको छ | तर खबरदारी गर्न पाउने अधिकार आफ्नो ठाउमा छ |

गोंगबु हत्याकाण्डमा जातिय र लैंगिक भावना तथा बिरोधका नारा पनि उठेन । यसमा महिला र तथाकथित दलित माथि हिंसा भएको भए यो अपराध मात्रै हुने थिएन यसमा ठूलो जातीय हिंसा मच्चाउने काम हुन्थ्यो, राजनीतिकरण हुन्थ्यो र प्रहरीको अनुसन्धानलाई बाधा तथा अड्चन हुने समस्या आईपुग्थ्यो । जुन कुरा निर्मला पन्तको बलात्कार पछी हत्याकाण्डले प्रस्ट गरिसकेको छ |

सबैभन्दा मुख्य कारक तत्व भनेको महिला र पुरूष माथि जुन किसिमको बिभेदपुर्ण बहस चलाईरहेका छन् त्यो अत्यन्तै निन्दनीय तथा घोर अपराध हो । यहाँ अपराधका कारण हुन्छन । त्यो बर्गीय र लैङ्गिक रूपले विश्लेषण गर्न कतिको जायज छ ? अपराधमा जातिय र लैङ्गिक बिषय जोड्दा समस्या सुल्झिनुकाे सट्टा झन् अर्को समस्या थपिन्छ । अनुसन्धानको पाटो अन्यत्रै मोडिन जान्छ र चाँडै अपराधी समाउन सकिन्न र अपराधी छुट्ने सम्भाबना धेरै रहन्छ । कतिपय घटनामा यी दुई बिषय जातिय र लैङ्गिक बिषय नजोडिने पनि होइन तर यसमा आफै अनुसन्धानकर्ता भएर जान्ने हुनू भन्दा सम्बन्धित निकायमा नै भरोसा र बिश्वास भएर अनुसन्धान गर्ने बाताबरण बन्न दिन पर्दछ । गोङ्गबु हत्याकाण्डलाई अब राज्यले मनोबैज्ञानिक रूपले विश्लेषण गर्न सक्नु पर्दछ । यस्ता घटना घट्नुको मनोबैज्ञानिक तथ्य पत्ता लगाउन सक्नु पर्दछ |

  के दोष राज्यको मात्रै थियो त? कि मुख्य दोषी नै समाजका अगुवा र महिलाअधिकारवादीहरूको थियो ? किन र कस्तो स्वार्थमा अनुसन्धानकर्तालाई बाधा पारियो र अनुसन्धान अन्तै मोड्न प्रयास गरे ? यसमा राजनितीक स्वार्थ कति थियो र कसको निर्देशनमा अनुसन्धानमा भाँजो हाल्ने काम भयो ? महिला अधिकारकर्मीले कसको स्वार्थमा एउटा अवला नारीको हत्याकाण्डको मुद्दा र नारा छेडेर नाबालिक बम दिदीबहिनी तर्फ औला उठाउने काम गरे ?  बम दिदीबहिनीको संलग्नता छ कि छैन भनेर प्रहरीको अनुसन्धान भईरहेको बखत जबर्जस्ती तिनीहरू नै हो भनेर ठोकुवा गर्ने हाम्रो समाज कति सत्य हो? बम दिदीबहिनी डान्सबारमा काम गर्ने यौनकर्मी हो भनेर किटानी साथ लेख्ने पहिलो पत्रकार को हुन् र किन लेखे तथा कसको उक्साहाटमा लेखे?

जब पुरूष र महिला घरजम गर्न शुरूवाती बिहे बन्धनमा बाधिन्छन् र बिबिध कारणले छुट्टिएर धेरै समय टाढा बस्न बाध्य हुन्छन्। तब पारिवारिक कलह शुरूवात हुन्छ। सबैभन्दा मुख्य समस्या भनेको नै आर्थिक कारणले दम्पती बिच झैझगडा शुरूवात हुन्छ। अर्को कारण लामो समय छुट्टिएर बस्दा एउटा माया र भावनामा कमि कमजोरी देखिन्छ, बिश्वासको खाडल गहिरिदै जान्छ। अर्को मुख्य कारण भनेको दम्पती बिच धेरै समय सम्म यौनको चाहना पूरा हुन नसक्नु । बिस्तारै यौन चाहनाले परपुरूष तथा परस्त्री गमन गर्न तर्फ उन्मुख गराउँदछ। यस्ता कारणले मानिसलाई हिस्टेरिक तथा तिब्र रूपको यौन चाहना हुने बनाईदिन्छ। मानिस अन्य परिवारबाट टाढा बस्नु पर्ने अबस्था सम्म पुराईदिन्छ। बिस्तारै मानिस साईक्याट्रिक समस्या अथवा दिमागी रोगबाट ग्रस्त हुँदै जान्छन्। दिमागी रोग नै जघन्य अपराधको कारक तत्व हो। धेरै जस्तो दिमागी रोग हुनेले कि आत्महत्या गर्छन्, कि सामुहिक हत्या पश्च्यात आफु पनि मरेका घटना धेरै छन |

निर्मला हत्याकाण्ड राज्यको कमजोरीले पर्दाफास हुन नसकेको नभई केही सिमीत व्यक्ति, राजानितिक, महिलाअधिकारकर्मी, नागरिक अगुवा र मिडियाकर्मीको स्वार्थले गर्दा भएको हो झैं लाग्छ।

अपराध भनेको अपराध नै हो यसमा प्रश्न उठाउनु नै मुर्खता हो, सम्बन्धित निकायलाई काम गर्न सहज बाताबरण निर्माण हुन सहयोग गर्न पर्दछ। आज बर्षौं बित्यो निर्मला हत्याकाण्डका मुख्य अभियुक्त समाउनबाट राष्ट्र चुकेको। के दोष राज्यको मात्रै थियो त ? कि मुख्य दोषी नै समाजका अगुवा र महिला अधिकारवादीहरूको थियो? किन र कस्तो स्वार्थमा अनुसन्धानकर्तालाई बाधा पारियो र अनुसन्धान अन्तै मोड्न प्रयास गरे? यसमा राजनितीक स्वार्थ कति थियो र कसको निर्देशनमा अनुसन्धानमा भाँजो हाल्ने काम भयो? महिला अधिकारकर्मीले कसको स्वार्थमा एउटा अवला नारीको हत्याकाण्डको मुद्दा र नारा उठाई नाबालिक बम दिदीबहिनी तर्फ औला उठाउने काम गरे?
बम दिदीबहिनीको संलग्नता छ कि छैन भनेर प्रहरीको अनुसन्धान भईरहेको बखत जबर्जस्ती तिनीहरू नै हो भनेर ठोकुवा गर्ने हाम्रो समाज कति सत्य हो? बम दिदीबहिनी डान्सबारमा काम गर्ने यौनकर्मी हो भनेर किटानी साथ लेख्ने पहिलो पत्रकार को हुन र किन लेखे तथा कसको उक्साहाटमा लेखे? उनीहरूले यौनकर्मी मिलाउँछन र फलानो सँगको सम्बन्ध छ भनेर के आधारमा लेखे? उक्त निराधार कपोलकल्पित आरोप लगाउने हाम्रो समाजले अहिले पुस्टि गर्न किन नसकेको ? 
बिना आधार हुलदंगा गर्न , नारा जुलुस लगाउन उकासिने हामी नेपाली कहिले हुने सचेत ?

निर्मला हत्याकाण्ड राज्यको कमजोरीले पर्दाफास हुन नसकेको नभई केही सिमीत व्यक्ति, राजानितिक, महिलाअधिकारकर्मी, नागरिक अगुवा र मिडियाकर्मीको स्वार्थले गर्दा भएको हो झैं लाग्छ। यदि निर्मला हत्याकाण्डको सहि ढङ्गले विश्लेषण नभई वा टुङ्गोमा लगाउने प्रयास नगरे “बाघले मानिसको रगत चाखि मानवलाई मार्ने” गरे जस्तै त्यो नरभक्षी पशुले अर्को जघन्य अपराध नगर्ला भन्न सकिन्न।

गहन अनुसन्धानको थालनी नै हौवा फैल्याउने त्यस बखतका मिडियाकर्मी, नागरिक अगुवा र महिलाकर्मीबाट शुरूवात गर्न पर्दछ। त्यस बखत अनुसन्धानका मुख्य शंकास्पद व्यक्तिलाई किन र के कारणले तथा कसको स्वार्थले बचाउन प्रयास गरे? कसले भन्यो मानसिक रोगी तथा दिमागी बिरामीले जघन्य अपराध गर्दैन भन्ने? बिश्वमा हेर्ने हो भने सिरियल किलर जति सबै मानसिक रोगी हुन्छन्। यदि निर्मला पन्तको हत्या अनुसन्धानका दायरामा मानसिक रोगी दिलीप सिंह बिष्ट पर्दैनन भने गोङ्गबु कृष्ण बोहोरा हत्याकाण्डमा मानसिक रोग बिरुद्धको औषधी प्रयोग गर्ने कल्पना मुड्भरी कसरी मुछिन सक्छन्? फेरि बिष्ट पहिला कुनै हत्याकाण्डमा नै अभियुक्त भई जेल बसेर आएका अपराधी हुन् भन्ने त प्रमाणित गरीरहन नपर्ला | दिलीप सिंहको प्रत्येक भिडियो हेर्नुहोस् र उहाँको परिवारको पहिलाको भिडियो हेर्नुहोस् तपाईहरूले पक्कै केही तथ्य तथा रहस्य थाहा पाउन सक्नु हुन्छ।

निर्मला हत्याकाण्ड राज्यको कमजोरीले पर्दाफास हुन नसकेको नभई केही सिमीत व्यक्ति, राजानितिक, महिलाअधिकारकर्मी, नागरिक अगुवा र मिडियाकर्मीको स्वार्थले गर्दा भएको हो झैं लाग्छ। यदि निर्मला हत्याकाण्डको सहि ढङ्गले विश्लेषण नभई वा टुङ्गोमा लगाउने प्रयास नगरे “बाघले मानिसको रगत चाखिसके पछी  मानवलाई मार्ने” क्रम सुरु गरे जस्तै त्यो नरभक्षी पशुले अर्को जघन्य अपराध नगर्ला भन्न सकिन्न। अर्को पारिवारिकमा फाटो आउन कम गर्न र जघन्य अपराध र आत्महत्या रोक्न सरकारले शिक्षा प्रणालीमा पनि परिवर्तन गर्न जरूरी छ भने पति र पत्नी बिछोड भएर बस्न बाध्यता हटाउन रोजगार गाउँ ठाउँमै ल्याउन जरूरी छ। विभिन्न सेवामा बसेका कर्मचारीको पनि परिवारसँगै बस्ने योजना ल्याउन अत्यन्तै जरूरी छ साथै भौतिकलाई मात्रै जोड दिन सट्टा आध्यात्मिक अध्ययनमा जोड गर्न अत्यावश्यक भईसकेको अबस्था छ।

अपराधि जतिसुकै चलाख होस इतिहास साक्षी छ, केहि समय लाग्ला तर सत्यतथ्य अबश्य बाहिर आउनेछ । सम्बन्धित प्रसासन तथा नेपाल प्रहरीलाइ स्वतन्त्र तवरले अघि बढ्न र निस्पक्ष अनुसन्धान गर्न दिने हो भने यहाँ कोहि अन्यायमा पर्ने देखिदैन र न्याय खोज्न नारा-जुलुस वा आन्दोलन गर्नु पर्दैन कि भन्ने लागेको छ |


सोम बिक्रम सिंह 
काठमाडौँ 
(लेखक सोम बिक्रम सिंह रास्ट्रिय सरोकार मंच नेपालका अध्यक्ष एबं कर्मनिस्ठ अभियन्ता हुनुहुन्छ। सामाजिक, राजनैतिक तथा रास्ट्रिय बिषयहरुमा निरन्तर स्वतन्त्र रुपमा ससक्त विश्लेषण गर्ने सिंहलाई लेखापढी मिडिया हार्दिक आभार ब्यक्त गर्दछौ )


हजुरहरुका लेख-रचना हामीलाई इमेल गर्नुहोस: lekhapadhee@gmail.com