राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन


लेखापढी      २ भाद्र २०७७, मंगलवार १८:५१

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी रहेका उनको १०१ वर्षको उमेरमा निधन भएको हो ।

घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । घिमिरे सरकारले राष्ट्र कविको उपाधी दिएका कवि हुन् । 

उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । 

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उनका नवमञ्जरी, घामपानी,  नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो ।