छोराको माेबाइलमा वाइफाइ नटिपेकाेले बुबाले छानामा एफिल टावर खडा गरे, मानिसहरू परे छक्क


लेखापढी      २ भाद्र २०७७, मंगलवार १३:४०

छोराको माेबाइलमा वाइफाइ नटिपेकाेले बुबाले छानामा एफिल टावर खडा गरे, मानिसहरू परे छक्क

Father erected Eiffel Tower :

एउटा बुबा आफ्नो छोराको खुशीको लागि सबै गर्न तयार हुन्छन् । यसको उदाहरण क्युबाको राजधानी हवानामा देखियो । वास्तवमा यहाँ छोराको फोनमा कुनै वाइफाइ नेटवर्क टिप्दैनथ्याे  । यस पछि, बुबाले छोराको चाहना पूरा गर्न केहि गरे, जसले सबैलाई छक्कै परे।

एनरिक सैलगोडो नामका एक व्यक्तिका छोरोले आफ्नो बुबालाई Wi-Fi एंटेना बनाउनका लागि भने किनभने उनका घरमा वाइडफाइ टिफदैनथ्याे । यस पछि, बुबाले १३  फिट अग्लो एफिल टावर घरको छतमा बनाए। बुबाको यस्तो चर्तिकला देखेर नजिकका मानिसहरू छक्क परे । यो घटना पछि सोशल मीडिया सामाजिक सञ्जालमा भाइरल भयो ।

सामाजिक सञ्जालमा मानिसहरू बुबाको कडा प्रशंसा गरिरहेका छन् । सैलगोडो अकाउंटेंट काे काम गर्नुहुन्थ्याे र उनले आफैंले यो फलामको एफिल टावर घरमै बनाए । उनले पनि आफ्नो बुबाबाट फलामको काम सिकेका थिए ।

तपाईं लाइ अझ अचम्म यसकारण पर्नुहुन्छकी उनी कहिल्यै पेरिस गएका पनि थिएन न उनले कहिल्यै  एफिल टॉपर देखेका थिए। यस पछि पनि, उनले एफिल टावर फिल्म र फोटोग्राफहरूमा हेरेर बनाए। उनले भने कि जब उनका छोराले वाइफाइ एन्टेना बनाउनको लागि मांग गरे, उनले एफिल टावर निर्माण गर्ने विचार गरे । यो एन्टेना जस्तै प्रयोग पनि हुनेछ र व्यक्तिहरूका लागि हेर्नका लागि राम्राे हुनेछ भन्ने विचारका साथ उनले यसकाे निर्माण गरे । 

जे होस्, जब उनले एफिल टावर बनाए, उनले आफ्नो विचार परिवर्तन गरे । टावर निर्माण गरेपछि उनले महसुस गरे कि यसलाई एन्टेना जस्तो प्रयोग गर्दा यसको सौन्दर्य समाप्त हुनेछ । उनका छोराले पनि उनलाई टावर निर्माण गर्न धेरै मद्दत गरे । उनका छोराले एफिल टावरको मोडेल र फोटो उनलाइ दिएका थिए ।

 

 

Source:http://hindi.catchnews.com

#amazing world #विचित्र संसार