एसईईको नतिजा सार्वजनिकः कसरी हेर्ने नतिजा


लेखापढी      १ भाद्र २०७७, सोमबार १९:२८

एसईईको नतिजा सार्वजनिकः कसरी हेर्ने नतिजा

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले यस वर्षकाे एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । 

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ। सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना पास भएका छन् ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी सहभागी भएका थिए।

ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।

कसरी हेर्ने

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे  www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।

लेखापढी