नेकपा सचिवालय बैठकःविवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन


लेखापढी      १ भाद्र २०७७, सोमबार १२:३२

नेकपा सचिवालय बैठकःविवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन

नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

कार्यदलको वैधानिकताबारे प्रश्न उठेपछि सचिवालय बैठकले उक्त विषयलाई सम्बोधन गरेको हो।कार्यदलको समय सीमा पनि तोकिने बताइएको भए पनि सोमवारको बैठकले यथाशीघ्र प्रतिवेदन बुझाउन भनेको श्रेष्ठले जानकारी दिए ।