नेकपा सचिवालयकाे बैठक बालुवाटारमा जारी


लेखापढी      १ भाद्र २०७७, सोमबार ११:०५

नेकपा सचिवालयकाे बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

दुई अध्यक्षबीच असमझदारी बढेपछि एक महिनादेखि बस्न नसकेको सचिवालय बैठकमा हालै गठित ६ सदस्यीय कार्यदलको कार्यदेशबारे छलफल हुने बताइएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए ।