सुदूरपश्चिममा ओल्के सङ्क्रान्ति र बुढी हाल्ने पर्व मनाइँदै


लेखापढी      १ भाद्र २०७७, सोमबार ११:४५

सुदूरपश्चिममा ओल्के सङ्क्रान्ति र बुढी हाल्ने पर्व मनाइँदै

भाद्र कृष्णपञ्चमी अर्थात भाद्र सक्रान्तीका दिन बिहीबार सुदूरपश्चिमका सबै जिल्लाहरूमा ओल्के पर्व र बुढी हाल्ने पर्व धुमधामका साथ मनाइँदैछ । ओल्के भन्नाले सौगात, उपहार वा कोसेली भन्ने    बुझिन्छ । ओल्को’ भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु भन्ने बुझिन्छ ।  वर्षा ऋतुसँगै नवजीवन प्राप्तिको उत्सवको रुपमा ओल्के पर्व मनाइन्छ ।

आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ । 

आजका दिनदेखि बिभिन्न देवस्थलहरूमा देवताको आह्वानस्वरूप चैत- धमारीको शुभारम्भ पनि हुन्छ । आजका दिनदेखि बूढी ( पुतनाको प्रतीक) बाँड्ने चलन पनि छ । बिभिन्न बनस्पति तथा हरियो साग मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने चलन पनि छ । वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा हरियो सागपात दिएर सद्भाब बाँडिन्छ । विशेषगरि मान्यजनलाई पिडालुका पात, काँक्रा,  भाण्टा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ ।

वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा हरियो सागपात दिएर सद्भाब बाँडिन्छ । विशेषगरि मान्यजनलाई पिडालुका पात, काँक्रा,  भाण्टा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ ।

आजका दिन डोटेली संस्कृतिमा ‘फाँणो भात’ ,’गतानी डुब्का’, ‘ भक्के रोटो’ खाने र रमाइलो गरि नाँचगान गर्ने चलन पनि छ। समग्रमा आसुरी ( राक्षसी) प्रबृत्तिको विनास गरि सत्यको पक्ष स्वीकार्ने चलनको रूपमा यो पर्व सुदूरपश्चिमका पहाडी समुदायमा मनाइदै आएको छ । आज ओल्केकै दिन गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गोसमेत गाड्ने गरिन्छ।ओल्केका दिन गाडिएको लिङ्गो भदौ मसान्तमा जलाउने चलन छ।भदौ मसान्तका दिन जलाउने लिङ्गोलाई ‘बूढी पोल्ने’भन्ने गरिन्छ।

आजका दिन डोटेली संस्कृतिमा ‘फाँणो भात’ ,’गतानी डुब्का’, ‘ भक्के रोटो’ खाने र रमाइलो गरि नाँचगान गर्ने चलन पनि छ। समग्रमा आसुरी ( राक्षसी) प्रबृत्तिको विनास गरि सत्यको पक्ष स्वीकार्ने चलनको रूपमा यो पर्व सुदूरपश्चिमका पहाडी समुदायमा मनाइदै आएको छ।

बिगतमा वर्षायाममा दादुरा,झाडापखाला,हैजा, लुतोजस्ता रोग लाग्ने भएकाले ती रोगबाट बाँचिएको खुशी साँट्न ओल्के त्यार मनाइदै आएको पाइन्छ । श्रावण महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै आजका दिनदेखि सुदूरपश्चिमेली जनजीवनमा गौरा र तीजजस्ता पर्वको रमझम पनि शुरू हुन्छ।

यस पर्वपछि विभिन्न चाडपर्व सुरु हुने हुँदा यस पर्वलाई यहाँका बासिन्दाले जेठो पर्वका रुपमा पनि लिने गर्छन् । 


मुकुन्द दिप मडै 
(लेखापढीद्वारा केही सम्पादन गरिएकाे ।)