काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जनामा काेराेना सङ्क्रमण पुष्टि


लेखापढी      १ भाद्र २०७७, सोमबार १६:४३

काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जनामा काेराेना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना  सहित देशभर ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा काठमाडौंमा १३९, ललितपुरमा १५  र भक्तपुरमा १४  जनामा संक्रमण देखिएको हो । याे बृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २७,२४१ पुगेको छ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ ।

सोमवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि ९,६३९ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए। विगत २४ घण्टामा ११,५२० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा १५६ जना भाइरसमुक्त प्रमाणित भए।