पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंया बढ्याे


लेखापढी      ३२ श्रावण २०७७, आईतवार १९:५२

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंया बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ ।