लिदी पहिरो (अपडेट): पहिरोमा हराएका ३९ जनामध्ये १९ जनाको शव भेटियो, २० जना अझै बेपत्ता


लेखापढी      ३२ श्रावण २०७७, आईतवार १३:०३

लिदी पहिरो (अपडेट): पहिरोमा हराएका ३९ जनामध्ये १९ जनाको शव भेटियो, २० जना अझै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदीमा शुक्रबार विहान गएको पहिरोमा हराएका ३९ जनामध्ये १९ जनाको शव भेटिएको छ भने २० जना अझै बेपत्ता छन् । 

उद्धारमा खटिएको नेपाली सेनाका अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरी १९ जनाको उद्धार भएको छ । शनिबारसम्म १८ जनाको शव भेटिएकामा  आइतबार थप १ जनाको शव भेटिएको हो ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । एजेन्सी