सपना


लेखापढी      ३२ श्रावण २०७७, आईतवार १३:४९

सपना

आउ सपना आउ।
रात्री राम्रो बनाउ।।
स्वागत छ तिम्रो।
जिन्दगीमा हाम्रो।।

हुन्छ अहो भाग्य हाम्रो।
पाउँछौ यदि साथ तिम्रो।।
प्रतिक्षा छ सधैँ तिम्रो।
आउ जिन्दगीमा हाम्रो।।
 
रुप तिम्रो परी झैँ।
नाच्नु सधैँ चरी झैँ।।
मनमा छ ठुलो आश।
नतोड्नु हाम्रो विश्वास।।
 
सधैँ थियो यहि चाहना।
पकै आउँछौ तिमी सपना।।
आउ सपना आउ।
रात्री राम्रो बनाउ।।

नाम: रबिन्द्र प्रसाद साह
कलैया उपमहानगरपालिका वडा नं. – ६ ( पर्सा टोल ) , बारा राम राजा (मो. वि. शाह ) बहुमुखी क्याम्पस , कलैया -५ , बारा 
Email: sahrabindra309@gmail.com