काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जना नयाँ काेराेना सङ्क्रण पुष्टी, थप २ जनाकाे मृत्यु


लेखापढी      ३२ श्रावण २०७७, आईतवार १६:५०

काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जना नयाँ काेराेना सङ्क्रण पुष्टी, थप २ जनाकाे मृत्यु

काठमाडौं‌ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना सहित देशभर ६४१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन्  । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्  । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।