३९ वर्षीय महेन्द्र सिंह धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


लेखापढी      ३१ श्रावण २०७७, शनिबार २२:२५

३९ वर्षीय महेन्द्र सिंह धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

महेन्द्र सिंह धोनी (३९) ले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन। उनले यो कुरा इन्स्टाग्राममा आफ्नो पोष्टमार्फत घोषणा गरेका छन् ।

महेन्द्र सिंह धोनीले इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंको प्रेम र सहयोगका लागि धन्यबाद। म साँझ  ७ः२९ बजेदेखि सन्यास लिएकाे मानिनेछ।

यस पोष्टमा, उनले ‘मेरी पल दो पल का शायर हूं’ गीतको साथ एक सुन्दर ढंगले आफ्नो क्यारियरको सबै उतार-चढाव देखाए ।

यससँगै, भारतीय क्रिकेटमा विगत १५/१६ वर्षदेखीकाे धोनीको जादुयी युग समाप्त भएको छ। यद्यपि आईपीएलमा उनी फेरि एकपटक चेन्नई सुपर किंग्सको लागि मैदान मैदानमा उत्रिनेछन् ।

उनी भारतीय क्रिकेटको सबैभन्दा सफल कप्तान थिए।

 

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Thanks a lot for ur love and support throughout.from 1929 hrs consider me as Retired

A post shared by M S Dhoni (@mahi7781) on