नेकपा विवादः समाधानका लागि नेकपाले बनायो ६ सदस्यीय कार्यदल


लेखापढी      ३० श्रावण २०७७, शुक्रबार १३:१४

नेकपा विवादः समाधानका लागि नेकपाले बनायो ६ सदस्यीय कार्यदल

काठमाडौं  । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्रको विवाद अन्त्यका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो ।

कार्यदलमा महासचिव विष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्‍कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिएको बालुवाटार स्रोतले जानकारी दियो ।