एक जना फुटबल खेलाडीमा काेराेना संक्रमण पुष्टि


लेखापढी      ३० श्रावण २०७७, शुक्रबार १४:०२

एक जना फुटबल खेलाडीमा काेराेना संक्रमण पुष्टि

काठमाडाैं, ३० साउन । नेपाली राष्ट्रिय फुटबल टिमका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको हाे । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।

फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परीक्षण गराएको थियो । तर, टिमको प्रशिक्षण सुरु नभई प्रतियोगिता भने स्थगित भएको छ ।

एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ । विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

नेपालमा यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना पुष्टि भएको थियो । फुटबलमा भने पहिलो पटक खेलाडीलाई कोरोना संक्रमण देखिएको हो । यस्तै स्क्वास खेलका प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अहिले होम आइसोलेसनमा छन् ।