साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ परेका विद्यार्थी छाड्न नेविसंघको माग


लेखापढी      ३० श्रावण २०७७, शुक्रबार १४:२३

साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ परेका विद्यार्थी छाड्न नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी रिहा गर्न माग गरेका हुन् । प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो ।