अर्पण चन्दका दुई मुक्तक


लेखापढी      ३० श्रावण २०७७, शुक्रबार १९:२८

अर्पण चन्दका दुई मुक्तक

१.

यसपालि नि तिमीलाई भेट्न सकिन 
मनका तृष्णा तिमिसँग मेट्न सकिन !
के गर्थे आखिर बाध्यता नै पर्यो यस्तै 
र पो आफ्नो घाँटि आफै रेट्न सकिन !!

२.

कुन्नि किन तिम्रै छेउ बस्न मन लाछ आज 
तिमि संगै प्रित गाठो कस्न मन लाछ आज !
बयान त सबैले गरे तिम्रो सुन्दरताको यहाँ 
मलाई भने तिम्रै मनभित्र पस्न मन लाछ आज !! 


अर्पण चन्द