ओली–दाहाल छलफलः सकारात्मक दिशातर्फ अगाडि बढ्दै


लेखापढी      २९ श्रावण २०७७, बिहीबार १६:३१

ओली–दाहाल छलफलः सकारात्मक दिशातर्फ अगाडि बढ्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार चार घण्टा छलफल भएको छ । १० दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानी समाधानउमन्मुख रहेको बताइएको छ । दाहालको सचिवालयले भेटघाट सकारात्मक भएको र शुक्रबार पुनः बस्ने सहमति भएको जानकारी दिएको छ ।

“आजको भेटवार्ता सकिएको छ । छलफल समाधान उन्मुख छ । भोलि पनि वार्ता जारी राख्ने समझदारी बनेको छ ।,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । 

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन । यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ ।