साहित्य रचनाकार “सुधा शाह” को गजल


लेखापढी      २९ श्रावण २०७७, बिहीबार ०४:४२

साहित्य रचनाकार “सुधा शाह” को गजल

बैंसले तिम्रो जवानी बल्ने छ पक्कै !
वाह वाह गर्दै जगत जल्ने छ पक्कै !!

चढ्दो बैंस अनि बढ्दो उमेर संगसंगै !
गाउँभरी नै तिम्रो चर्चा चल्ने छ पक्कै !!

कति दिन पो रहला र त्यो जवानी पनि !
फलफुलहरु जस्तै सडेर गल्ने छ पक्कै !!

 धेरै घमण्ड नदेखाउ भो,  ए बैंशालुहरु !
 लोभी भमराले नै आखा छल्ने छ पक्कै !!

पछुतो नहोस् अहंकार देखाउँदा रुपको !
अस्ताउँदो सुर्य झै जवानी ढल्ने छ पक्कै !!


सुधा शाह
रुकुमकोट,रुकुम
हाल: नेपालगन्ज
(निरन्तर रुपमा नेपालगन्जबाट आफ्ना उत्कृस्ट रचना पठाउनुहुने साहित्य रचनाकार “सुधा शाह” ज्यु प्रति लेखापढी मिडिया  हार्दिक आभार एबं शुभकामना ब्यक्त गर्दछौ ।)

उहाकै अर्को गजल पढ्न छुटाउनु भयो कि –

रमाउन थालेको छु

हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ – lekhapadhee@gmail.com