चुवागढ़ युबा नेतृत्व समाज, बैतडीको अग्रसरतामा जनप्रतिनिधिसंग संबाद (भिडियो हेर्नुहोला)


लेखापढी      २८ श्रावण २०७७, बुधबार ००:२७

चुवागढ़ युबा नेतृत्व समाज, बैतडीको अग्रसरतामा जनप्रतिनिधिसंग संबाद (भिडियो हेर्नुहोला)

बैतडी । विभिन्न समस्याहरुको पहिचान उजागर र ती समस्याहरुको केहि हदसम्म भए पनि समाधान गर्ने उदेश्यका साथ “चुवागढ़ युबा नेतृत्व समाज”ले  केही फरक र फराकिलो ढंगबाट नयाँ अध्यायको शुरूवात गरेको छ।

आफ्नो टोल, समुदाय, समाज र राष्ट्रका लागि केहि गर्नुपर्छ भन्ने हेतुले चुवागढ़ क्षेत्रका अर्थात वडा न-९ का युबा बर्गहरु सामाजिक संजाल मार्फत देश-विदेशबाट एकजुट भएर विभिन्न उदेश्य बोकेर अगाडी बढीरहेका छ्न।
युवा जागरुक हुदै स्थानीय सरोकारवाला निकाय संग विभिन्न विकास निर्माण तथा  योजनाको कार्यान्वयनमा प्रत्यक्ष देखिएका कमीकमजोरी र ढिलासुस्ती बारे चासो राख्दै जवाफदेहि बन्न सजक गराएका छन । 
युबा नेतृत्व समाजले साउन २५ गते आइतबारका दिन खगेश चन्द सहजकर्ता /संचालकको भूमिकामा शिगास गाउपालिका वडा न -९ का अध्यक्ष लक्ष्मी चन्द संग  प्रत्यक्ष फेसबुक लाईभ संवाद तथा अन्तरक्रिया गर्नुभएको थियो।

उक्त संबाद विशेष गरेर वडा नं ९ को समग्र बिकास निर्माणको अवस्था तथा जनप्रतिनिधि निर्वाचित भै सकेर कार्यभार सम्हालेको पनि ३ बर्ष भैसकेको र यो ३ बर्षमा के कस्तो बिकास भएको छ, गत आर्थिक बर्षको समिक्षा ,चालू आर्थिक बर्षमा अहिले चलेको नीति तथा कार्यक्रममा लगायत वडा पालिकाको सामाजिक, राजनैतिक, आर्थिक र शैक्षिक लगायत विविध विषयमा केन्द्रित रहेर संबाद तथा अन्तरक्रिया गरिएको थियो। 
आगामी दिनहरुमा अझै यस्ता संबाद कार्यक्रमहरु निरन्तर हुने जानकारी दिएका छन् ।

बिशेष संमवाद!!

च्वाँगढ युबा नेतृत्व सामाज द्वारा आयोजित कार्यक्रम !!धन्यबाद नवीन चन्द प्राबिधिक सहयोगको लागि!!

Khagesh Chand यांनी वर पोस्ट केले रविवार, ९ ऑगस्ट, २०२०

समाचार स्रोत: युवा अभियन्ता प्रकाश चन्द , कंचनपुर