सुनकाे मूल्य घट्याे एकै दिनमा ६ हजार २००, पुग्याे ९५ हजार ४००


लेखापढी      २८ श्रावण २०७७, बुधबार १३:२१

सुनकाे मूल्य घट्याे एकै दिनमा ६ हजार २००, पुग्याे ९५ हजार ४००

काठमाडाैं । बुधबार सुनकाे मूल्यमा भारी गिरावट अाएकाे छ ।  मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको  र बुधबारकाे मूल्य ९५ हजार ४०० रूपैयाँ पुगेकाे  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा कायम भएकाे हो। 

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ ।

समाचार एजेन्सीकाे सहयाेगमा