गोकुल अधिकारीको गजल


लेखापढी      २८ श्रावण २०७७, बुधबार १९:०७

गोकुल अधिकारीको गजल

हास्दा भन्दा आँखा तर्दा राम्री देखिन्छौ !
सारीमा चिटिक्क पर्दा राम्री देखिन्छौ !!

म तिमीलाई कहिल्यै हेरेर अघाउदैन !
हल्का केश निधारतिर झर्दा राम्रो देखिन्छौ !!

कम गार्हो हुन्छ तिमीलाई फकाउन !
बुझेर नि नबुझे झैँ गर्दा राम्री देखिन्छौ !!

हात समाउन लजाउनेले के माया लाउनु !
तान्छु नजिक टाढा सर्दा राम्रो देखिन्छौ !!

सयमा सय छौ , खाली एउटा कुरा !
उमेर भयो सिउदो भर्दा राम्री देखिन्छौ !!


गोकुल अधिकारी 
कुस्मा नगरपालिका-१४, पर्बत 
गण्डकी प्रदेश


हजुरहरुका लेख-रचना हामीलाई पठाउन सक्नुहुनेछ – lekhapadhee@gmail.com 
अन्य भिडियो हेर्नुहाेस :