घर सजाउने दश बिरुवा, जसले जीवनमा ल्याउछ खुशियाली


लेखापढी      २८ श्रावण २०७७, बुधबार ०४:०९

घर सजाउने दश बिरुवा, जसले जीवनमा ल्याउछ खुशियाली

घर भित्र सजावटका लागि हामी विभिन्न बोट-बिरुवा तथा फुलहरु प्रयोग गर्ने गर्छौ । हामीले प्रयोग गर्ने अनेक थरिका बिरुवाहरुमा केहि १० थरिका बिशेष बिरुवाहरुलाई घर भित्र राख्दा पारिवारिक खुशियाली तथा सफलता मिल्ने बिश्वास गरिन्छ ।

१- पाम (Palm):
यो बिरुवा घर भित्र राख्दा हराएको फ़ेंग शुई शक्तिलाइ फेरी उर्जावान बनाउने गुण रहेको हुन्छ । यो बिरुवाले पारिवारिक सकारात्मक उर्जालाई जिवन्त राख्ने काम गर्दछ ।

२- मनि प्लान्ट (Money plant):
यो बिरुवा अधिकांस घर भित्र र बाहिर लगाइएको हुन्छ । सदैब हरियो रहने यो बिरुवालाई शुभ संकेत वा सौभाग्यको प्रतिकको रुपमा चिन्ने गरिन्छ ।

३- आर्किड (Archid):
यो बिरुवालाई प्रेम र सथित्त्वको प्रतीकको रुपमा मानिन्छ | घरमा प्रेममय वातावरण कायम गर्न यो बिरुवा प्रयोग गर्न सक्छौ | नब बिबाहित जोडीलाई यो बिरुवा उपहार दिने समेत गरिन्छ  |

४- मर्निंग ग्लोरी (Morning glory):
यो बिरुवाले घरमा खुशी र शान्ति ल्याउने बिश्वास गरिन्छ | घरमा खुशी र शान्तिको कमि हुदा यो बिरुवा राख्नुपर्ने मान्यता रहेको छ | यदि राति निन्द्रा नलाग्ने गरेको छ भने यो बिरुवाको बिजलाइ सिरानी मुनि राख्दा आरामदायक निन्द्रा लाग्ने बिश्वास रहेको समेत पाइन्छ |

५- कमल (Lotus) :
कमल शुद्धता र शांति को प्रतीक मानिन्छ | फ़ेंग शुईका अनुसार आफ्नो बगैचामा लिली संगै लगाउनु शौभाग्यशालि मानिन्छ |

६- पिस लिली (Peace lily):
गहिरो हरियो पात भएको यो बिरुवा घरमा सौभाग्य का साथ घर भित्र रहेको दुषित हावालाई स्वच्छ पार्ने कार्य गर्दछ | यो बिरुवाले हावामा भएको दुषित केमिकल वा कार्बनडाइअक्साइडलाइ आफु लिने कार्य गर्दछ |

७- सीउदी (Cactus):
घर भित्र सजाउन राखिने सिउड़ी वा नागफनी काडे बिरुवामा फुल फुल्ने समयमा कुनै शुभ समाचार प्राप्त हुने बिश्वास रहेको छ |

८- रोजमेरी (Rosemary):
यो बिरुवा घरमा लगाउदा नकारात्मकता कमि हुने गर्दछ | मानसिक तनाब कम गर्ने साथै यसको सुगन्धले ताजा महसुस गर्दछ | खानामा मसलाको रुपमा समेत प्रयोग गरिन्छ |

९- चमेली (Jashmin):
यो बिरुवामा फुल फुने बितिकै सौभाग्य को रुपमा लिइन्छ | घरको वातावरण रोमान्टिक हुने गर्दछ |  फ़ेंग शुईका अनुसार घरमा प्रेम, पैसा र आनन्द भरिपुर्ण हुने बिश्वास रहेको छ |

१०- मधुमालती (honeysuckle) : 
यो बिरुवाले घरको आर्थिक अवस्था बलियो पार्ने बिश्वास गरिन्छ | यसको सुगन्धले हाम्रो दिमागको नकारात्मकता हटाउने गर्दछ |


हजुरहरुका लेख-रचना पठाउनुहोस – lekhapadhee@gmail.com


यो पनि पढ्नुहोस – https://lekhapadhee.com/2020/08/11/health-2/  
“बेइमान” – तपाईँ पनि पढ्नुहाेस, बालबालिकाहरूलाई पनि सुनाउनुहाेस र लेख्न प्रेरित गर्नुहाेस