सबैभन्दा धेरै उपत्यकामा १३८ जना सहित ४८४ संक्रमित थपिए नेपालमा थप ८ जनाकाे काराेनाबाट मृत्यु


लेखापढी      २८ श्रावण २०७७, बुधबार २१:०९

सबैभन्दा धेरै उपत्यकामा १३८ जना सहित ४८४ संक्रमित थपिए नेपालमा थप ८ जनाकाे काराेनाबाट मृत्यु

काठमाडौं । सबैभन्दा धेरै उपत्यकामा १३८ जना सहित ४८४ संक्रमित थपिए भने कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो । यससँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ। उनले अहिलेसम्म १६,७२८ सङ्क्रमित निको भइसकेको बताए।

मृतकहरूमध्ये धनुषा जिल्लाका दुई जना र काठमाडाैं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एक जना छन्। ती मध्ये दुई महिला र छ पुरुष छन्। उनीहरू ३२ देखि ७८ वर्षका थिए।

काठमाडाैंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा आठ सङ्क्रमित थपिएका हुन्। यसअघि नै काठमाडाैं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १,००० नाघेको थियो। काठमाडाैं जिल्लामा मात्र १,०४० सङ्क्रमित आइसोलेशनमा छन्।

त्यसैगरी मोरङका ४५ जना, महोत्तरीका ४१ जना र धनुषाका ३९ जना मा पनि कोभिड-१९ पुष्टि भएको छ। एजेन्सी