को होला “बिनोद” ??? अनौठो ट्रेन्डिङ, ‘ह्यासट्याग विनोद’ कसरी आए ट्रेण्डिङमा ?


लेखापढी      २८ श्रावण २०७७, बुधबार १३:१०

को होला “बिनोद” ??? अनौठो ट्रेन्डिङ,  ‘ह्यासट्याग विनोद’ कसरी आए ट्रेण्डिङमा ?

काठमाडौं । ट्वीटर लगायतका सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता ‘विनोद’ #Binod (ह्यास ट्याग विनोदमा) ट्रेण्डिङमा छ । याे अचम्मकाे विषय पनि हाे त्यसैले अब तपाईंलाई लाग्न सक्छ, विनोद पनि कुनै ट्रेण्डिङमा आउनुपर्ने विषय हो  र ?

भारतमा भाइरल भइरहेको ‘ह्यासट्याग विनोद’ नेपालमा पनि माइक्रो ब्लगिङ साइट ट्विटरको टप ट्रेन्डिङ लिस्टमा छ । दशौँ हजारले यही ट्रेन्डिङलाई उपयोग गर्दै आफ्ना पोस्टहरू सेयर गरेर रमाइलो गरिरहेका छन् । अहिलेसम्म दशौं हजार ट्वीट भइसकेका छन् । अहिले यसको चर्चा सबैतिर छाएको छ ।

विनोद नामको ‘मिम’ भिडियो एक सातामै भाइरल बनेपछि यसको असर मुम्बई पुलिसमा समेत परेको छ । मुम्बई पुलिसको आधिकारिक ट्विटरले समेत विनोदलाई मेन्सन गरी कमेन्ट सार्वजनिक गरेको छ । मुम्बई पुलिस ट्विटर अकाउन्टबाट विनोदलाई प्रश्न गर्दै लेखिएको छ, ‘डियर विनोद, हामीलाई आशा छ, तपाईंको नाम पक्कै पनि अनलाइनको पासवर्ड होइन होला । यो निकै भाइरल बनेको छ, परिवर्तन गर्नुहोला ।’

विनोदको पुरा नाम हो विनोद थारु । जसको एउटा युट्युव च्यानल छ, तर त्यसमा कुनै भिडियो भने छैन । उनको युट्युव गतिविधि पनि सीमित छ । उनी अरुको भिडियोमा गएर आफ्नो नाम ‘विनोद’ लेख्छन् ।

हालसालै स्ले पोइन्ट नामक युट्युव च्यानलले एउटा भिडियो बनायो । जसमा युट्युव च्यानलहरुमा आउने कमेन्टहरु कति अर्थहीन हुनसक्छन् भन्ने विषयमा रोस्ट गरिएको थियो । भिडियोमा देखिने अनुहार अभ्युदय मोहन र गौतमी कवालेको ध्यान युट्यव च्यानलको एउटा कमेन्टमा जान्छ ।

त्यो कमेन्ट अरु केही नभएर एउटा नाम ‘विनोद’ लेखिएको थियो । एकाएक उनीहरुले बनाएको भिडियो भाइरल भयो । अनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नै सोसल मिडिया पोस्ट र कमेन्टमा ‘विनोद’ लेख्दै यसलाई ट्रेण्डिङमा पुर्‍याइदिए ।

यसैगरी, नेटफ्लिक्स इन्डियाले दिनकै महत्वपूर्ण टाइटल भनी राखेको छ । भारतको सामाजिक सञ्जाल अहिले विनोदकै नाममा ह्यासट्याग राखी सा-साना भिडियो सेयर भइरहेका छन् । ‘हामीहरूको नाम सबैतिर छाएको छ,’ विनोद अकाउन्टमा यस्तो लेखिएको छ । धेरैको अकाउन्टमा एउटै प्रश्न छन्, ‘विनोद को हुन् ?’

यो ट्रेन्डिङलाई ब्रान्डले मात्र नभई अरू ट्विटर प्रयोगकर्ताले पनि पछ्याएर रमाइलो गरिरहेको देखिन्छ । प्रधानमन्त्री केपी ओलीको फोटो राखेर ह्यासट्याग विनोदमा एउटा मिम्स बनाइएको छ, जसमा प्रधानमन्त्रीले भनिरहेका छन्, ‘विनोद भी नेपाली हें ।’

अर्काे नाम नखुलेको ट्विटर ह्यान्डलबाट नेपालका अर्बपति व्यवसायी विनोद चौधरीको बायोडाटा राखेर बनाएको मिम पोस्ट गरिएको छ, ‘विनोद इज बिलिनियर !’ अहिले नेपालमा पनि ह्यासट्याग विनोद लेखिएका पोस्टहरू आउन थालेका छन् । भारतमा भइरल भइरहेको ह्यासट्याग विनोद ट्रेन्डिङ अहिले नेपालमा पनि भाइरल बनिरहेको छ ।

 

 

 

 

एजेन्सीकाे सहयाेगमा