संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर


[ss_social_share]
लेखक : लेखापढी      २८ श्रावण २०७७, बुधबार १६:१३ मा प्रकाशित     
संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर

एजेन्सी | वलिउड नायक संजय दत्तलाई तेश्रो चरणको फोक्सोको क्यान्सर भएको हो । उनी, अब उपचारका लागि अमेरिका जाने योजना छ।  केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए तर उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

भारतीय मिडियाका अनुसार- क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारको लागि उपचार गरौनेछन । उनी, आफू निको हुनेमा आशावादी छन् ।

उनको रिपोर्ट मंगलबार मात्र आएको हो । संजयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ ।

यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो । संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए । उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए ।