बझाङमा सेतीमा हाम फालेर एक जना बेपत्ता


लेखापढी      २७ श्रावण २०७७, मंगलवार २०:३८

बझाङमा सेतीमा हाम फालेर एक जना बेपत्ता

 २०७७ श्रावण २७ गते, मंगलवार चैनपुर : सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो सदरमुकाम चैनपुर बजार नजिकै डुङग्री पुलको छेउबाट बैतडीको बाजपानी घर भएका २४ वर्षका मानबहादुर विष्टले सेती नदीमा हाम फालेकाे प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनी नदी किनाराको ढुङ्गामा बसेर फोन गरिरहेका थिए । उनलेे फोन गर्दा गर्दै एक्कासी हाम फालेका हुन् ।

उनी बझाङको मष्टा गाँउपालिकाका हरी धामीको जिप चलाउदै आएको बताईएको छ । यस अघि आइतबार राती पनि विष्टले पुल बाट हामफाल्ने कोसिस गर्दा प्रहरीले बचाएको थियो । घटनाको विषयमा अनुसन्धान भईरहेको र बेपत्ता विष्टको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बमले जानकारी दिए ।