पत्रकारसँग कुराकानी गरिरहेका बेला अमेरिकी राष्ट्रपति भवन बाहिर गोली प्रहार; ट्रम्प सुरक्षित


लेखापढी      २७ श्रावण २०७७, मंगलवार १४:१९

पत्रकारसँग कुराकानी गरिरहेका बेला अमेरिकी राष्ट्रपति भवन बाहिर गोली प्रहार; ट्रम्प सुरक्षित

एजेन्सी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ। गोली चल्दा राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो नियमित पत्रकार सम्मेलनमा थिए । 

पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्प पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए । गुप्तचर विभागका कर्मचारीले जानकारी दिएपछि ट्रम्प पत्रकार सम्मेलन बिचैमा छाडेर निस्केका थिए । केही समयमै ट्रम्प पुनः पत्रकार सम्मेलनमा आए। आफू ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गरिरहेका बेला बाहिर गोली चलेको उनले बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने, “त्यहाँ व्हाइट हाउसको बाहिर गोलीबारी भएको थियो। तर अहिले अवस्था नियन्त्रणमा छ। म गुप्त सेवाका कर्मचारीहरुलाई उनीहरूको द्रुत र प्रभावकारी कामको लागि धन्यवाद दिन चाहन्छु। कसैलाई अस्पताल लगिएको छ। यस्तो देखिन्छ कि त्यस व्यक्तिलाई गोप्य सेवाले गोली हानिएको थियो।


तस्बिर: REUTERS