तीन मुक्तक


लेखापढी      २७ श्रावण २०७७, मंगलवार १३:४०

तीन मुक्तक

           १ .

सम्बन्ध के हाे जाेडेपछि थाहा हुन्छ ।
एक्लाेपन त सम्बन्ध ताेडेपछि थाहा हुन्छ ।।
‘संसारमै तिमी प्याराे छाै’ भनेपनि ।
मर्नु कि बाँच्नु छाेडेपछि थाहा हुन्छ ।।

२.

म गरम आगाे अनि म नै शितल पानी हुँ ।
हिड्नै नसक्ने बुढ्याैली अनि पहाड उचाल्ने जवानी हुँ ।।
दुनियाँले जे साेचाेस् मेरा बारेमा मतलब भएन ।
कसैलाई पट्यार लाग्दाे त कसैलाई मनमाेहक कहानी हुँ ।।

                  ३.

अरूले पत्याउन आफूमा केही बात चाहिन्छ ।
सपना देख्न पनि यहाँ औकात चाहिन्छ ।
सितिमिति मानिस यहाँ टिक्न कहाँ सक्छ ?
दुई नम्बरी नै किन नहाेस् दाैलत चाहिन्छ । ।


ध्रुब वाग्ले 
काठमाडौं