छोडेर जानेलाई


लेखापढी      २७ श्रावण २०७७, मंगलवार १७:२९

छोडेर जानेलाई

रातमा जुन हेर्दा, फर्कियौ नयनमा,
परेलि भिजाउदै, दर्कियौ नयनमा ।।

उजेली हुँदा सधैं , बेपत्ता पो हुन्छौ,
अधेरि हुँदा तिमि, सर्कियौ नयनमा ।।

छोडेर जानेलाई , बिर्सन खोज्दैथे,
झन याद ब्युझाइ, छर्कियौ नयनमा ।।

आएर मुटु भित्र, बसाइ सर्न साटाे,
पठाइ यादलाई , पर्खियौ नयनमा ।।


अङ्कुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम


हजुरहरुका सुन्दर लेख-रचना हामीलाई पठाउन सक्नुहुन्छ ।
इमेल गर्नुहोला :lekhapadhee@gmail.com
www.lekhapadhee.com