अक्युप्रेसर ? १० महत्त्वपुर्ण अक्युप्रेसर विन्दुहरूबारे सिक्नुहोस र निरोगी बन्नुहोस


लेखापढी      २६ श्रावण २०७७, सोमबार १३:२५

अक्युप्रेसर ? १० महत्त्वपुर्ण अक्युप्रेसर विन्दुहरूबारे सिक्नुहोस र निरोगी बन्नुहोस

अक्युप्रेसर भनेको मानव शरीरमा भएका विभिन्न नशा, तन्तु, कोशीकाहरुको मुख्य बिन्दुहरुलाई दबाएर गरिने उपचार पद्धति हो | हाम्रो शरीरमा विभिन्न कारणले नशाहरुमा रक्तसञ्चारको गतिमा अबरोध आएर हातखुट्टाका जोर्नीहरू वा मेरुदण्डको दुखि हुने गर्दछ जुन समाधानका लागि कुनै औषधि भन्दा पनि अक्युप्रेसरको माध्यमद्वारा निको पार्न सकिन्छ |

मानब शरीरमा भएका १० महत्त्वपुर्ण अक्युप्रेसर विन्दुहरूबारे जानकारी :  

१. पेरिकार्डियम बिन्दु (Pericardium point):

यो विन्दु हत्केलाबाट १ इन्च तल रहेको हुन्छ । यसलाई दबाउनको लागि टाउको दुखाई, पेटको रोग, बेचैनी, वान्ता हुने जस्ता रोगमा लाभ हुन्छ । गर्भावस्थाको क्रममा हुने वान्तामा पनि यो लाभकारी हुन्छ ।

किमोथेरापी र विकिरणपछि आउने वान्ता, जीउ चिलाउने समस्यामा पनि यसले फाइदा पुर्याँउदछ । त्यसैले तपाईंले पनि यसलाई अपनाउनुहोस् ।

२. शेन म्यान विन्दु  (Shen man point):

 

यसलाई स्वर्गकोद्धार पनि भनिन्छ । यो विन्दु कानको उपल्लो हिस्सामा हुन्छ । यसलाई दबाउनाले तनाव टाढा हुन्छ र धुम्रपानकाे बानी छुट्छ । यसलाई दबाउनाले सकारात्मक उर्जा पुरै शरीरभर दौडन्छ ।

एलर्जी, चिन्ता, डिप्रेसन जस्ता समस्या टाढा हुन्छ । यसलाई बुढीऔंला र चोर औंलाले दबाउनुपर्छ ।

३. जोइनिङ द भ्याली (Joining the valley point):

यो विन्दु हातको बुढीऔंला र चोर औंलाको बीचमा हुन्छ । यसलाई दबाउनाले विभिन्न प्रकारका दुखाई जस्तैः जोर्नीको दुखाई, गर्धनको दुखाई, दाँतको दुखाई, टाउकोको दुखाई, माइग्रेन जस्ता समस्या टाढा हुन्छ ।

यसलाई दबाउनाले कब्जियतमा राहत मिल्छ । विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कन्छ । दुखाईको निवारणको लागि यो सबैभन्दा राम्रो विन्दु हो ।

४. तेस्रो आँखा (Third Eye point):

यो विन्दु निदानमा दुवै आँखीभौंको बीचमा रहेको हुन्छ । ठिक त्यही ठाँउमा जहाँ महिलाहरुले टिका लगाउने गर्छन् । यसलाई दबाउनाले थकान दुर हुन्छ ।

यस बाहेक निन्द्रा दिलाउन सहायक हुन्छ । स्मरणशक्ति बढाउँछ, टाउकोको दुखाईलाई टाढा गर्छ, आँखामा हुने दुखाईलाई टाढा गर्छ र मानसिक शक्ति प्रदान गर्छ

५. सी अफ ट्रेङ्कुलिटी (Sea of Tranquility point):

यो विन्दु छातीको बीचमा रहेको हुन्छ । यसलाई दबाउनाले कैयौं प्रकारका बाधाहरु टाढा हुन्छन् जस्तै बेचैनी, हडबडाहट, चिन्ता, थकान, भावनात्मक समस्याहरु आदी ।

यसलाई दबाउनाले मनमा उठ्ने नकरात्मक विचार टाढा भाग्छ । यसलाई अपनाउनको लागि सिधा खडा हुने, मेरुदण्डको हड्डीलाई सिधा राख्ने र दुवै हातको औंला मिलाएर यसलाई दबाउन सकिन्छ ।

६. स्याकरल विन्दु ( Sacral Points ):

यो विन्दु कम्मरको माथिल्लो भागमा अर्थात टेल बोनमा स्थित हुन्छ । यसलाई दबाउनाले पेल्भिसमा रक्तसञ्चार सहि हुन्छ । यसले विशेषगरि महिलाहरुमा महिनावारीको दुखाईलाई टाढा गर्छ साथै गर्भाशयलाई आराम दिन्छ ।

७. हेबन्ली पिलर  (Heavenly Pillar point):

यो विन्दु गर्धनको पछाडिको भागमा रहेको हुन्छ जहाँ गर्धन र टाउको आपसमा जोडिएको हुन्छ । आजभोलीको आधुनिक जीवनशैलीको कारण मानिसहरु कम्प्युटर, मोबाईल फोनमा घन्टौंसम्म काम गर्छन् जसले गर्धनमा दुखाई सुरु हुन्छ । यो विन्दुलाई दबाउनाले गर्धनको दुखाईमा धेरै लाभ मिल्छ ।

८. बिगर रसिङ (Bigger Rushing point):

यो विन्दु खुट्टामा बुढी औंला र ठुलो औंलाको बीचमा लगभग २ इन्च माथि हुन्छ । यसलाई दबाउनाले रोग प्रतिरोधक क्षमता बढ्छ । यो विन्दुलाई चोर औलाको मद्धतले दबाउनुपर्छ र दबाउँदा आधा इन्च तलमाथि गर्नुपर्छ । फेरि अर्को खुट्टाको बिगर रसिङ विन्दुलाई पनि दबाउनु पर्छ ।

९. लेग थ्री माइल्स  (Leg Three Miles):

यो पोइन्ट घुँडा भन्दा करिब ३ इन्च तल हुन्छ । यसलाई दबाउनाले पेटका विभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ जस्तै अपच, कब्जियत, ग्यासको समस्या, पेटफुल्ने, डायरिया, उल्टी आदी ।

यो विन्दुलाई दबाउनाले रक्त सञ्चार राम्रो हुन्छ, स्टामिना बढ्छ र स्वास्थ्यमा निखारता आँउछ ।

१०. कमान्डिङ मिडिल  (Commanding Middle Point):

यो पोइन्ट घुँडाको ठिक पछाडि हुन्छ । यसलाई दबाउनाले हाडजोर्नीको समस्या, कम्मर दुखाई, ढाड दुख्ने, साइटिका लगाएतका समस्यामा फाइदा हुन्छ ।

यो विन्दुलाई आरामले १ मिनेटसम्म दबाउनुहोस् फेरि अर्को खुट्टाको कमान्डिङ मिडिल विन्दुलाई दबाउनुहोस् ।


Lekhapadhee Source: health news