८४ वर्षका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना


लेखापढी      २६ श्रावण २०७७, सोमबार १४:३१

८४ वर्षका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी  (८४) लाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

मुखर्जीले साेमबार सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्  र उनले अाफ्नाे सम्पर्कमा अाएकाहरूलाई काेराेना परिक्षण गर्न र अाइसाेलेसनमा बस्न सल्लाह दिएका छन् । 

अरू नै समस्याले जचाउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उनले बताएका छन्।