हवाई उडान र अन्तर जिल्ला यातायात भदौ १६ गतेदेखि मात्र खोल्ने


लेखापढी      २६ श्रावण २०७७, सोमबार २१:०९

हवाई उडान र अन्तर जिल्ला यातायात भदौ १६ गतेदेखि मात्र खोल्ने

२५ साउन, काठमाडौं । सरकारले आन्तरिक हवाइ उडान र अन्तर जिल्ला यातायात भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्रहरुमा १५ दिन थप गर्दै भदौ  १६ गते देखि मात्र खोल्ने निर्णय गरेको हो ।

सीसीएमसीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै  छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् निर्णयका बारेमा मंगलबार जानकारी गराउने बताउँदै मंगलबारदेखि नै कार्यान्वयन हुने कुनै पनि निर्णय नगरिएको जनाए । एजेन्सी