मेडिसिटीमा उपचाररत् काठमाडौंका कोरोना संक्रमित बृद्धकाे मृत्यु


लेखापढी      २६ श्रावण २०७७, सोमबार १४:३७

मेडिसिटीमा उपचाररत् काठमाडौंका कोरोना संक्रमित बृद्धकाे मृत्यु

६ साउन, काठमाडौं । ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। निमोनिया र मधुमेहको  रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो।

अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको छ ।