राष्ट्रिय फुटबल टिमको कोभिड-१९ परीक्षण


लेखापढी      २६ श्रावण २०७७, सोमबार १२:५७

राष्ट्रिय फुटबल टिमको कोभिड-१९ परीक्षण

२६ साउन काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको कोभिड १९ पीसीआर परीक्षण गरिएकाे छ । टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीहरुको कोरोना परीक्षण गरिएको हाे ।

विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा स्वाब दिएका हुन् । सोमबार ११ खेलाडी, २ अफिसियल र १२ स्टाफ गरेर २५ जनाको स्वाब दिइएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिनेछ ।

भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीलाई पीसीआर परीक्षण गराएर मात्र खेलाडी अभ्यासमा उतार्ने तयारी गरेको हो। परीक्षणका लागि दुई दिन लाग्ने एन्फाले जनाएको छ।

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले सरकारको निर्णय अनुसार भदौ १ गतेबाट अभ्यास सुरु थियो। जसका लागि खेलाडीलाई काठमाडौं बोलाइसकेको छ।