भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’


लेखापढी      २६ श्रावण २०७७, सोमबार १२:४५

भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’

भारतको विदेश मन्त्रालयले सञ्चारकर्मीको जिज्ञाशाको जवाफमा बुद्धको जन्मस्थल नेपालमा रहेको लुम्बिनैमै भएको कुरामा विवाद नरहेको बताएकाे छ । नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भनेको छ, “ऐतिहासिक र पुरातात्विक प्रमाणहरूले गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य स्थापित र निर्विवाद छ।”

शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले “दुई महान् भारतीय” भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई विश्वले सम्झने बताएका थिए उनको यो अभिव्यक्तिलाई लिएर नेपालमा राजनीतिक नेतृत्वदेखि सामाजिक सञ्जालहरूमा तीव्र आलोचना भएको छ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ।

सञ्चारकर्मीको जिज्ञाशाको जवाफमा भारतीय विदेश मन्त्रालयले विदेशमन्त्रीको टिप्पणी बौद्ध सम्पदासँग जोडेर गरिएको जनाएको हो । बुद्धको जन्मस्थल नेपालमा रहेको लम्बिनैमै भएको कुरामा विवाद नरहेको पनि उक्त प्रतिक्रियामा उल्लेख छ।

उक्त नोटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सन् २०१४ मा गरेको नेपाल भ्रमणका क्रममा बुद्ध नेपालमै जन्मिएको कुरा संसद्‌मै बताएको उल्लेख छ।

बौद्ध धर्म नेपालबाट विश्वका अन्य भागमा फैलिएको र यो विषय दुविधा र विवादभन्दा पर रहेको मन्त्रालयले जनाएको छ। यो विषयमा समग्र अन्तर्राष्ट्रिय समुदाय जानकार रहेको भन्दै यो बहसको विषय बन्न नसक्ने मन्त्रालयले दिएको जवाफमा उल्लेख छ।