सरकारसँगको सहमतिपछि अभियन्ता ईः ले तोडे आमरण अनशन


लेखापढी      २५ श्रावण २०७७, आईतवार १४:५६

सरकारसँगको सहमतिपछि अभियन्ता ईः ले तोडे आमरण अनशन

काठमाडौं, साउन २५ । कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि ‘इनफ इज इनफ’ अभियन्ता ‘ई’ ले २३ दिनपछि आमरण अनशन तोडेका छन्। 

 आइतबार बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार कोभिड १९ को संक्रमण पत्ता लगाउन प्रयोगशाला परीक्षणका लागि आरटिपिसीआर विधि प्रयोग गर्ने र विज्ञहरुसँग परामर्श गरी राष्ट्रिय स्तरमा पनि प्रयोग गर्न योग्य भएको खण्डमा द्रुत गतिमा गरिन एन्टिजेन परीक्षणको प्रयोग गरिनेछ ।

Image may contain: textImage may contain: text