पाथिभेरे हिमालको फेदमा दानछडो झरना


लेखापढी      २५ श्रावण २०७७, आईतवार १४:१४

पाथिभेरे हिमालको फेदमा दानछडो झरना

दानछडाे झरना बझांग जिल्लाकाे पहिचान !!!

दानछडो झरना समुन्द्र सतह देखि तीन हजार मिटर उचाईमा छ । यहाँको मुख्य प्रर्यटकीय स्थल पाथिभेरे हिमालको फेदमा रहेको यो झरना २ सय ७० फिट अग्लो स्थानबाट झर्ने गर्दछ । यो झरना आफैंमा यस गाउँपालिकामा आउने पर्यटकको गन्तव्य स्थान हुने गर्दछ ।

कलकल बग्ने झरनामा बिहानीको घामको किरण पर्दा इन्द्रेणीको दृश्य साच्चिकै मनमोहक देखिन्छ । यहाँबाट देखिने सुन्दर भौगोलिक छटाहरुको मनोरम दृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य प्रर्यटकहरुलाई आफ्नो दुःख कष्ट हराउँदै स्वर्गको अनुभुती भइ आफैलाई बिर्साई दिन्छन ।

दानछडो आसपास माथिबाट यार्चागुम्बाको बिशाल भण्डार मानिने पाथिभेरे हिमाल हेर्दा हेरिरहुँ लाग्ने गर्दछ । चारै तर्फ हरियो जङ्गल मौसम अनुसारका फूलहरू र कालिज, तित्रा, बन कुखुरा, सयौ किसिमका चराचुरिङ्गीहरु सजिलै देख्न सकिने भएका कारण पनि यो ठाउँ प्राकृतिको सुन्दर बगैचा जस्तो छ। झरना भएको ठाउँमा देखिने मृग, घोरल, बँदेल जस्ता विभिन्न जंगली जनावरहरू अवलोकन गर्न सकिन्छ ।

चारै तर्फ हरियो जङ्गल मौसम अनुसारका फूलहरू र कालिज, तित्रा, बन कुखुरा, सयौ किसिमका चराचुरिङ्गीहरु सजिलै देख्न सकिने भएका कारण पनि यो ठाउँ प्राकृतिको सुन्दर बगैचा जस्तो छ ।

ऐतिहासिक तथा धार्मिक महत्त्व

यो झरना आफै ऐतिहासिक तथा धार्मिक महत्त्व छ । बझांङ जिल्लामा धेरैले अटल आस्थाका साथ पुजा गर्ने छिपिली सुर्मा देबीका रखवाल अथवा (शक्तिशाली राक्षस) देबीको नजिकैको सेनाको रुपमा यो झरनामा बस्ने गरेको किम्बदन्तीहरुमा सुन्नमा पाईन्छ । तसर्थ :- यहाँका स्थानीयले यहाँ प्रत्येक बर्ष बोकाको भाकल गरि बली चढाएर धुमधामका साथ पुजाआर्चना गर्ने गर्दछ्न । यो झरना नजिक ठुलो मन्दिर पनि छ । जहाँ पुजापाठ गरे आफुले मनमा चिताएको पूरा पुग्ने जन बिश्वास रहि आएको छ । यहाँका स्थानीयले कतै टाढा साईत जाँदा पनि झरनाको नाम लिएर गएमा यात्रा सुरक्षित हुने जन बिश्वास गर्ने गर्दछन ।

बझांङ जिल्लामा धेरैले अटल आस्थाका साथ पुजा गर्ने छिपिली सुर्मा देबीका रखवाल अथवा (शक्तिशाली राक्षस) देबीको नजिकैको सेनाको रुपमा यो झरनामा बस्ने गरेको किम्बदन्तीहरुमा सुन्नमा पाईन्छ ।

झरनाको दक्षिणतर्फ एतिहाशिक माटेसाघु, दुर्गा देबीको मन्दिर, थलिजिउलो, बिसौना बजार, नजिकैका प्राकृतिक सुन्दरताका गाउँ ठाउँहरु मजखोरी, भैसिओडार, घट्टे, टीका भगोर्खोला सामुदायिक बन, बाजगाडा घासे मेला, नौरा, खोरी, सेरा, पौडी, बुडखोरी, रहेका छन।विभिन्न धार्मिक र सांस्कृतिक रितिरिवाजले धनि छबिस पाथिभेरा गाउँपालिकाले यहाँ रहेका सबै सम्पदालाई प्रर्यटकिय रुप दिनका लागि पद मार्गको र सडकको बिकास गरि सबै सम्पदालाई जोडी प्रर्यटन प्रर्बद्र्न गर्ने योजना बनाउनु पर्दछ ।

No description available.
झरना वरिपरि रहेका मन्दिरहरू

यस क्षेत्रको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन र प्रचार प्रसार गर्दै यहाँको पर्यटन बिकासमा दानछडो झरना कोसेढुङ्गा साबित हुने कुरामा यहाँका स्थानीय आशाबादी छन । बझांग जिल्लामा रहेको दानछडो झरनालाइ पर्यटकीय स्थलको रूपमा विकास गरी प्रचार प्रसार गरिनु आजको प्रमुख आवश्यकता हो । आन्तरिक पर्यटक र बाह्य पर्यटकका लागि उत्कृठ स्थान दानछडाे झरनाकाे प्रबर्द्धनका लागि स्थानीय सरकार र प्रदेश सरकारकाे ध्यान जाओस ।