सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ९२ जना सहित ३८० जनामा थप कोरोना संक्रमण


लेखापढी      २५ श्रावण २०७७, आईतवार १९:००

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा  ९२ जना सहित ३८० जनामा थप कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनासहित देशभर ३८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।   आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

यस्तै पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७र१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४र४ जना, नुवाकोट र डडेलधुराका ३र३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २र२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १९ वस्ने ६२ वर्षीय पुरुषको शनिवार राति ११स्३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको डा। गौतमले बताए।

ती मधुमेहका रोगी रहेको र साउन १७ गते कोभिड(१९ पुष्टि भएपछि सघन उपचार कक्षमा उपचाररत रहेको बताइएको छ।

त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २ का २० वर्षीया महिलाको शनिवार निधन भएको छ।

उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत घोषित भएकी थिइन।

मृत्युपश्चात गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।