एयर इन्डियाको जहाज केरलको कोजिकोडमा दुर्घटना: १६ जनाको मृत्यु, १२३ जना घाइते


लेखापढी      २४ श्रावण २०७७, शनिबार ००:२१

एयर इन्डियाको जहाज केरलको कोजिकोडमा दुर्घटना: १६ जनाको मृत्यु, १२३ जना घाइते

१\एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ (Air India flight, IX-1344)  शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने  १२३ जना घाइते भएका छन् । विमानमा जम्मा१९१ जना यात्रु थिए । 

नागरिक उड्डयन महानिदेशालय (डीजीसीए)  जारी गरेको विज्ञप्तिमा भनिएको छ कि एयर इंडिया एक्सप्रेसको बोइंग दुबईबाट कालीकटको लागि उडानमा थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो जुन ५० फीट गहिरो खाल्डोमा खस्यो र दुइ टुक्रा भयो । विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।

विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी छ।